दरबाङमा दलित सचेतना सम्बन्धी प्रशिक्षण,आरक्षणले मात्र अधिकार प्राप्त हुँदैन ः अध्यक्ष जुग्जाली (भिडियो)

बेनी ,आइतबार जेठ ५ गते । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा दलित जनप्रतिनिधि र दलित अगुवा विच संचालित दलित सचेतना सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरिय दलित संचालनको आयोजनामा आइतबारदेखी कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं ६का अध्यक्ष सन्तोष सुवेदीले शुभकामना व्यक्त गर्दै सबै जाती समान भएकाले समाजमा ठुलो सानो जाती भनि विभेद गर्न नहुने बताउनुभयो । उहाँले दलितको अधिकारका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।


यसैगरी वडा नं ७ का अध्यक्ष सुबिन जुग्जाली रेशमले परम्परादखी नै समाजमा दलित माथि विभेद हुने गरेको बताउनुभयो । समाज विभेद मुक्त हुन सबैमा शैक्षिक चेतना हुन आवश्यक भएको बताउनुभयो । साथै उहाँले दलित विभेद मुक्त हुन दलित भित्रको उच्च निच्च अन्तर विरोधको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।


संविधानमा नै छुवाछुत गर्न नपाउने नियम भएकाले दलित माथि हुने जुनसुकै विभेद अन्त्यका लागि दलित अगुवाहरु एक जुट हुनुपर्ने बताउनुभयो । अध्यक्ष जुग्जालीले आरक्षणले मात्र अधिकार सम्पन्न नहुने बताउँदै अधिकार प्राप्तीका लागि दलित ,जनजाती तथा विपन्न समुदायमा राजनितिक सहितको शैक्षिक चेतना हुन आवश्यक रहेको बताउनुभयो ।

नेपालको हरेक परिवर्तनकारी आन्दोलनमा दलित समुदायको महत्वपुर्ण योगदान रहेको अध्यक्ष जुग्जालीको भनाई छ । देशको हरेक परिवर्तनमा योगदान रहेको दलित समुदाय माथि नै राज्यले हरेक निकायमा विभेद गर्दै आइरहेको बताउनुभयो ।


कार्यक्रममा दलित जिल्ला संयोजक बल बहादुर विकले नेपालमा दलित समुदायको संख्या बढी भए पनि राज्यको हरेक हरेक निकायमा भने निकै न्युन दयनिय रहेको बताउनुभयो । संयोजक विकले राज्यको हरेक परिवर्तमा दलित समुदायको ठुलो योगदान रहे पनि राज्यले दलित माथि नै विभेद गर्ने गरेको बताउनुभयो ।

उहाँले दलितलाई विभिन्न बाहनामा भ¥याङको रुपमा प्रयोग गर्दै आइरहेको बताउदै हक हित र अधिकारका लागि सबै दलित एक जुट हुुनुपर्नेमा जोड दिनुभयो । सबैले काममा भन्दा छोराछोरीलाई शिक्षामा जोड दिन आग्रह गर्नुभयो । भिडियो हेर्नुहोस:


दलित कार्यक्रम संचालन समिति कार्यक्रम संयोजक छवि विकको अध्यक्षता,पविना विकको स्वागत मन्तव्य र दलित कार्यक्रम संचालन समिती सदस्य भविन्द्र नेपालीको संचालनमा उद्घाटन कार्यक्रम समापन भएको थियो । कार्यक्रम सोमबार सम्म संचालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार