बिम र निस्कोटमा नेकपाको सपथ

बेनी, मंगलबार जेठ ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका गाउँपालिकाको बिम र निस्कोटमा पूर्ण बैठक सम्पन्न भएको छ ।

बिममा मंगलबार र निस्कोटमा सोमबार भएको वडा संगठन कमिटिको पूर्ण बैठकमा जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।

बिममा वडा कमिटिका अध्यक्ष बुद्धीबहादुर जुग्जालीको अध्यक्षता र सचिव होमन जुग्जालीको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिका कमिटिका अध्यक्ष बेगप्रसाद गबुर्जा र सचिव गोविन सिउथानीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

निस्कोटमा वडा कमिटि अध्यक्ष वुद्धीबहादुर पुनको अध्यक्षता र सचिव रमेश पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । निस्कोटमा १५ र बिममा ११ सदस्यीय वडा कमिटि गठन भएको गाउँपालिका कमिटिका सचिव गोविन सिउथानीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार