कांग्रेसको जागरण अभियान रुममा

बेनी ,सोमबार जेठ २० गते । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई तिब्र रुपमा सात प्रदेशका सबै जिल्लाका शहर र गाउँगा केन्द्रीत बनाएको छ । जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस म्याग्दीले पनि तिब्रता दिएको छ । गाउँ जागरण अभियानको क्रममा सोमबार मालिका गाउँपालिका २ रुममा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कार्यक्रम संयोजक एवम् नेपाल महिला संघ मयाग्दीकी अध्यक्ष बिमला गौचनले दुई तिहाईको सरकारले जनता र देश माथि अदृश्य रुपमा गरेको घाटक क्रियाकलापको भण्डाफोर गर्न जागरण अभियान संचालन गरेको बताउनुभयो । उहाँले सरकारले जनतालाई विभिन्न बाहनामा दुख दिने काम गरेको बताउनुभयो । चुनाव अघि जनता सामु गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नुको साटो झुटा आश्वासन बाड्न उद्धत रहेको उद्धघोष गर्नुभयो । सरकार काण्डैकाण्ड फसेकाले नेकपाको दुई तिहाईको सरकारले देश र जनतालाई निकास दिन नसक्ने उहाँको भनाई छ ।

सरकारले प्रेस स्वतन्त्रतालाई प्रतिबन्ध लगाई आम जनताको आवाजको घाँटी निमोठ्ने काम भएको बताउनुहुँदै उहाँले सरकारको गलत क्रियाकलापको बारेमा खुलेर प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले अपराध,भ्रष्टाचार,हत्या हिंसा बलात्कार जस्ता गम्भीर विषयलाई बढवा दिएको आरोप लगाउनुभयो । यसैगरी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जागरण अभियानले कार्यकर्ताको वास्तविक दुख र गुनासो सुन्ने मौका मिलेको बताउनुभयो ।

अध्यक्ष रोका मगरले सरकारको गलत कामकारबाहीको बारेमा जनता सामु ल्याउन र गलत बाटोमा हिड्न लागेको दुई तिहाईको सरकारलाई सहि बाटोमा ल्याउन पनि जागरण अभियानले सहयोग गर्ने उद्ध्घोष गर्नुभयो ।


वडा इकाई सचिव ताराबहादुुर रोका मगरको सभापतित्व,सन्दीप विकको संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा जिल्ला कार्यसमिती सदस्य हिराबहादुर पुन र मेक बहादुर पुन मगर लगायतले मन्तव्य राखनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार