![](https://myagdinews.com/wp-content/uploads/2019/06/20190605_084507.jpg)
बेनी ,बुधबार जेठ २२ गते । मालिका गाउँपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय दरबाङको सहकार्यमा गाउँपालिकाको सबै वडाहरुमा लागु पदार्थ दुव्र्यसनि सम्बन्धी विभिन्न संचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/20190605_084507-1024x576.jpg)
यसैगरी सोही कार्यक्रम अन्तर्गत बुधबार वडा नं ६ दरबाङमा निवन्ध लेखन कार्यक्रम सम्पन्न भएको छ । लागु पदार्थ दुव्र्यसनी विषयक निबन्ध लेखन कार्यक्रममा २४ जना विद्यार्थीहरुको सहभगिता रहेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार खुल्ला निबन्ध प्रतियोगितामा सात वडाका विद्याथीहरुले सहभागिता जनाएका छन् ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/20190605_083051-1024x576.jpg)
लागु पदार्थ दुव्र्यससनि मुक्त गाउँँपालिका निर्माण गर्ने अभियान अन्तर्गत गाउँपालिकाको आयोजनामा सबै वडामा विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिनुभयो ।लागु औषध दुव्र्यसनी स्वास्थ्यका लागि मात्र नभई समाजका लागि हानिकारक हुनुका साथै कानुनले पनि लागु औषध दुव्र्यसनीलाई प्रतिबन्ध लगाएको बताउनुभयो । लागु औषध दुव्र्यसनिले समाजमा अशान्ती पैदा गर्नुका साथै सुरक्षा चुनौती खदा गरेको बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/20190605_082951-1024x576.jpg)
प्रनि पाण्डेले लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि कानुनी रुपमा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताउनुहुँदै दुव्र्यसनी नियन्त्रणका लागि युवा , समुदाय आफै जागरुप हुनुपर्नेमा जोड दिनुभयो ।निबन्ध लेखनमा प्रतियोगितामा उपस्थित हुनुभएका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाले लागु औषध दुव्र्यसनिलाई अन्त्य गर्ने उद्धश्य सहित विभिन्न र्काक्रमको आयोजना गरिएको बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2019/06/20190605_082840-1024x576.jpg)
उहाँले विद्यार्थी देशको कर्णधार मात्र नभइ समाज निर्माणको खम्बा भएको बताउनुभयो । अध्यक्ष रोका मगरले लागु पदार्थ दुुव्र्यसनिले समाजमा अशान्ती ,झगडा तथा विकासमा बाधा पु¥याउने भएकाले विकृतीे अन्त्यका लागि समाज,युवा विद्यालय सतरबाट ,विद्यार्थी तथा हरेक क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपाध्यक्ष खर माया विटालु,शिक्षा संयोजक तेजप्रसाद लामिछाने ,वडा अध्यक्ष सन्तनाथ सुवेदी लगायतले अनुगमन गर्नुभएको थियो ।