मोडल तथा गायक दुर्गेश थापा पक्राउ

काठमाण्डौ ,मंगलबार कात्तिक ५ गते । मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

थापालाई बालाजुबाट नियन्त्रणमा लिएर अहिले महाशाखामा ल्याइएको माहाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

दुर्गेशले तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरेको गीतले समाज भड्किलो बनाउने भन्दै उजुरी परेको थियो । उनले सार्वजनिक गरेको गीत युट्युबबाट हटाए छाड्न सक्ने पनि जनाएको छ । उज्यालो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार