अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । गाउँपालिकाका विभिन्न वडामा घर भइ हाल बु्रनाईमा रहेका अन्नपुर्ण बासीलाई कोरोना रोकथाम ,नियन्त्रण तथा बाढी –पहिरो प्रभावितका लागि गाउँपालिकालाई एक लाख ८ हजार ६ सय रुपैयाँ सहयोग गरेका हुन् ।

खिबाङ्गका अमृत गर्बुजा पुनले उक्त रकम सोमबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन र प्रमुख प्रशासकीय अधिकृत सुरण प्रसाद शर्मा पौडेललाई हस्तान्तरण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले सहयोगदातालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँँले कोरोना कहर संगै प्राकृतिक प्रकोपले चुनौती थपिएको बताउनुभयो ।दोस्रो लहरको कोरोना संक्रमण थप फैलिन नदिन गाउँपालिका लागि परेको बताउनुभयो । खिबाङ्गका गर्बुजा पुनका अनुसार बु्रनाईमा रहेका खिबाङ्गका मे.रत्न बहादुर पुनको पहलमा उक्त रकम संकलन भएको हो ।

मे.गर्बुजा पुनको पहलमा खिबाङ्गका खिम बहादुर गर्बुजा, कृष्ण गर्बुजा ,चित्रेका भबिन्द्र गर्बुजा, नारच्याङ्गका बिजय गर्बुजा ,झार्बाङ्गका भिम बहादु गर्बुजा ,शिखका लाल प्रशाद पुन ,पाउद्वरका तिलक तिलिजा ,हिस्तानका ,शेर बहादुर पुर्जा ,घराम्दीका याम बहादुर गर्बुजा, काफल डाडाँकी दालमाया तिलिजा, राम्चेका
धन बहादुर पुर्जा,काफल डाडाँकी बिना पुर्जाले आर्थिक रकम सहयोग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार