मालिका गाउँपालिका–४ को वडा अध्यक्षमा कांग्रेसका भेजेन्द्रमान पुन बिजयी

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा भेजेन्द्रमान पुन बिजयी भएका छन् । शनिबार साँझ सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार ४२९ मत लिएका छन् । प्रतिद्धन्दी माओवादीका रेशम पुनले ३६८ ,एमालेका गोपाल कंडेलले २०७ र मंगोलका दलप्रसाद पुनले ६ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतकाे कार्यालका अनुसार अध्यक्ष पुनकाे प्यानल नै बिजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका श्रीप्रसाद रोका मगरलाई ३९० ,एमालेका बेगप्रसाद गर्बुजालाई २०९ ,माओवादीका रेशमबहादुर जुग्जालीलाई ३८७ र मंगोलका खमबहादुर रोकालाई १२ मत खसेको छ भने उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ३९८,एमालेकी लक्ष्मीदेबी घर्ति पुनलाई २३६, माओवादीकी गौरी सेन्चुरीलाई ३६१ र मंगोलकी धनदेबी बुढालाई ७ मत खसेको छ । वडा नम्बर ४ मा एक हजार ५० मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार