म्याग्दी । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा नवदुर्गाको नवौं अर्थात् नवमी तिथिका दिन आज (मङ्गलवार) शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सहयोग प्रदान गरिएको हो...
म्याग्दी न्युज संवाददाता
-
-
यामले जिते ताकमकोतको छेलो प्रतियोगिताको उपाधी
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,को ऐतिहाँसिक ताकमकोतमा मंगलबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ ,खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ ।३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा यामबहादुर लगातार दोस्रो पटक विजयी हुनुभएको हो । यामबहादुरले गत वर्षको प्रतियोगितामा ...
-
भगवती कोटमा सरकारी राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बढीबढाउ
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–२ को भगवती कोटमन्दीरमा दशैंको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख १५ हजार रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी राखु भगवती ...
-
पाँच दलीय गठबन्धन साझा घोषणापत्र सहित चुनावी अभियानमा जाने
बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले म्याग्दीको विकाशका लागि साझा घोषणा पत्र सहित चुनावी मैदानमा जाने प्रतिबद्धतचा जनाएका छन् । आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालय बेनीमा आयोजित बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा शुभकाम...
-
चाडपर्वसँगै चुनावमा केन्द्रीत हुन एमाले नेताहरुको निर्देशन
म्याग्दी । नेकपा एमाले जनसङ्गठन संयन्त्र समन्वय कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर एमाले म्याग्दीद्वारा पार्टीका नेता तथा जनसङ्गठनका प्रमुख एवं प्रतिनिधिहरुबीच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रमलाई ...
-
म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज (शनिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । आसन्न निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी सामग्रीको व्य...
-
ताकममा मोनाको आठौँ बार्षिक साधारणसभा हुँदै,पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आठौं बार्षिक साधारण सभा ताकममा हुने भएको छ । जिल्लाको हरेक क्षेत्रको विकासमा ठुलो सहयोग पु¥याउँदै आएको प्रवासी म्याग्दीलीहरुको साझा संस्था माेनाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकममा आठौं बार्षिक साधारण सभा हुने भएकाे हाे । यस अघि असोज...
-
मालिकाको दरबाङमा पाँच दलीय गठबन्धनको चियापान
दरवाङ। सत्तारुढ पाँच दलिय गठबन्धनले दरबाङमा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा नेपाली कांग्रेस , नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा प्रदेशसभा क्षेत्र (ख)का नेता कार्यकर्ताहरुको उपस्थितिमा चियापान भएको हो । मंसिर ४ ग...
-
म्याग्दीमा अटोरिक्सा सञ्चालनको तयारी
बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनको तयारी भएको छ ।बेनी बजार र आसपासका क्षेत्रमा छोटो दुरीको यातायात सेवाका लागि अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने प्रक्रिया अघि बढाएको बेनी नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुरत केसीले कार्यपालिकाबाट अटोरिक्सा सञ्चालन सम्बन्धी कार्यबिधी बनाएर व्यवसा...
-
कांग्रेस गण्डकी प्रदेश सदस्य गौचनलाई पितृशोक
बेनी। नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनलाई पितृ शोक परेको छ । गौचनका बुवा ९२ वर्षीय जयप्रसाद शेरचनको आज बिहान ८ बजे उपचारको क्रममा सामाखुशीस्थित अल नेपाल हस्पिटलमा निधन भएको हो । म्याग्दी बहुमुखी क्याम्पसका संस्थापक सदस्यसमेत रहेका उनले राजा विरेन्द्र शाहबाट जनसेवा श्री गोर्खा दक्षिण बाहू पदक प्राप्त गर...






















