काठमाडौं । प्रमुख प्रतिपक्षि नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो । त्यसअघि बैठक सुरुहुनेबितिकै...
समाचार
-
-
कांग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको मधेशी कलष्टरतर्फ केन्द्रीय सदस्य पदमा विनोद चौधरी निर्वाचित हुनुभएको छ । आज आएको मतपरिणामअनुसार चौधरीले २२०६ मत ल्याउनुभएको छ । यस्तै अजय चौरसिया २५२२ मतसहित केन्द्रीय सदस्य निर्वाचित हुँदा चन्द्रमोहन यादवले २१३८ मत ल्याएर निर्वाचित हुनुभयो । साथै महेन्द्रकुमार रायले १९८४ र दिनेशकुमार या...
-
संसदमा मेरो उपस्थितिले केपी ओलीको सात्तो गयो : नेपाल
पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले संसदमा आफ्नो उपस्थितिले केपी ओलीको सात्तो गरेको टिप्पणी गर्नुभएको छ । एमाले अध्यक्ष ओलीको सात्तो गए पनि आफूलाई मतलब नभएको उहाँले बताउनुभयो। कमसेकम मेरो उपस्थितिले केपीको सातो त गइरहेको छ नि, सातो जाओस् केही मतलब छैन,’ उहाँले भन्नुभयो, ‘नेपाली जनताको सातो कायम रहनुप...
-
एमसीसी सम्झौता खारेज गर्न माग राख्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ । साना दलहरुले संयुक्त रुपमा मंगलबार काठमाडौँको माइतीघरमा एमसीसी खारेजीको माग एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आठवटा पार्टी र मोर्चाहरुले माइतीघरमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेको हो । ...
-
प्रदेश २ को नामकरणका लागि सहमति जुटाउने कसरतमा जसपा
काठमाडौँ । प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामकरण तथा राजधानी तोक्ने विषयमा विभिन्न दलसँग छलफल सुरु गरेको छ । जसपाका प्रदेश सभासद्हरूले आजै प्रदेश २ माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूसँग भेटेर छलफल गरेका हुन् । जसपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुर...
-
न्यायपालिकाको विवादमा दलहरु मूकदर्शक भएर बस्न मिल्दैन : बार अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभएको छ । मंगलवार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसन भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्याय...
-
सभापतिसहित ६ जना सदस्य मन्त्री भएपछि राज्य व्यवस्था समितिको काम प्रभावित
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको कामकाज प्रभावित भएको छ । एउटै समितिबाट सभापति सहित ६ जना सदस्य मन्त्री बनेपछि समितिको बैठक अघि नबढेको हो । समितिमा कुनै पनि विचाराधीन विधेयक नभएपनि समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने सरोकारका विषयमा छलफल अघि बढाउन सकेको छैन । यो समिति अन्तर्गत प...
-
१८ दिनमा थपिए ४ लाख मतदाता
काठमाडौँ । मतदाता नामावली संकलनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । रातिसम्म लाइन बसेर सर्वसाधारणले फोटोसहितको विवरण टिपाइरहेका छन् । स्थानीय तहको पदाधिकारीको पदावधि जेठ ५ मा सकिँदै छ । संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो । जिल्ला निर्वाच...
-
बाँदरझुलावासीका माग सम्बोधन हुने, ३ बुँदे सहमतिसँगै आन्दोलन रोकिने
काठमाडौँ । चितवन माडीको बाँदरझुलावासीको समस्या सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच भएको छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको हो । बाँदरझुलावासीलाई तत्काल लालपूर्जा दिलाउनका ला...
-
पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छवटा ...






















