काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। प्रहरीले त्यस...
समाचार
-
-
अस्मिताले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई
काठमाडौँ । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् । भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमल...
-
आजदेखि बाघ गणना
काठमाडौँ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदैछ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकु...
-
कञ्चनपुरमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु, राजमार्ग अवरुद्ध
धनगढी । कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ वर्षीय तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्...
-
बागमती प्रदेशमा सभापतिमा सहमति गर्न बानियाँ र केसीलाई प्रधानको आग्रह
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको प्रतिस्पर्धाबाट बारिएका भीमसेनदास प्रधानले दोस्रो चरणको मतदान नगरी सहमति कायम गर्न आग्रह गर्नुभएको छ। आइतबार विहान विज्ञप्ति जारी गरी पहिलो चरणको मतपरिणामको आधार र आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको सन्देश प्रधानले आग्रह गर्नुभएको छ । पहिलो चरणमा यो...
-
लिङ्देनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको छ : निधि
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपा अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिनुभएको छ। कमल थापालाई हराउँदै लिड्देन राप्रपा अध्यक्ष हुनुभएको हो । आज विज्ञप्ति जारी गर्दै कांग्रेस उपसभापति निधिले राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको...
-
भारतको नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ नागरिकको मृत्यु
एजेन्सी । भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ जना नागरिकको मृत्यु भएको छ। म्यानमारसँग सीमा जोडिएको नागाल्यान्डको मोन जिल्लामा शनिबार अपरान्ह ४ बजेतिर सेनाले गोली चलाउँदा नजिकैको कोइला खानीमा काम गरेर फर्किरहेका कामदारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ती कामदारहरू मिनी...
-
खोप नलगाएकालाई भारत प्रवेशमा रोक
बैतडी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । 'भारतको पिथौरागढ जिल्लाले लिखित...
-
बागमती कांग्रेस सभापतिमा बानियाँ र केसीबीच पुनः चुनाव
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ । पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याउनुभएकोे छ। जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाउनुभएको छ । अब दो...
-
राप्रपा महामन्त्रीमा रेखा थापा पराजित
काठमाडौँ । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा चुनाव हार्नुभएको छ। शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत ल्याउँदा अध्यक्षमा पराजित कमल थापा समूहकी कुन्तीकुमारी शाहीले २००८ मत ल्याएर विजयी हुनुभयो । पदाधिकारीमा शाहीसहित अधिकांश ...






















