• अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर ...

  • रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ स्थित हुलाकी सडक खण्डमा बुधबार दिउँसो भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको लु ३९ प ५३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका...

  • थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार ४ सय ३१ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ सय ६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६७ हजार ६५ ...

  • हत्या अभियोगमा सात जना पक्राउ

    नेपालगन्ज । बाँके प्रहरीले राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रवीणको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर प्रवीण हत्यामा संलग्नताको अभियोगमा पक्राउ गरेका सात जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई काठमाडौंको चाागुन...

  • १६ वर्षपछि एक फरार अभियुक्त पक्राउ

    कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको फुलबारी गाविस ७ (हाल धनगढी उपमहानगरपालिका १४ बस्ने) ४२ वर्षीय डबलबहादुर पल्ली मगर रहेका छन् । २०६१ कात्तिक २७ गते धनगढी उपमहानगरपालिका १४ त्रिपन भन्ने गाउँमा देउसी भैलो खेली रहेको अवस्थामा मगरसहितले...

  • एक युवतीसहित चारजना लागूऔषधसहित पक्राउ

    काठमाडौँ । काठमाडौंबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय अम्मर बर्देवा, धादिङको गल्छी घर भई हाल सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी, सिन्धुलीको बेलबारी घर भई महाराजगञ्ज बस्ने २३ वर्षीया सबिना कार्की र मकवानपुर घर भई हाल थानकोट बस्ने ४२ वर्षीय कालु गोले रहेका छन् । ...

  • एक हप्तामा सुदूरपश्चिममा नौ हजारले लगाए कोरोना खोप

    बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरूद्धको (कोभिशिल्ड) खोप लगाइएको छ। प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो। माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो संख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए...

  • झापामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

    काठमाडौं । झापामा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-९ का २३ वर्षीय करण कार्की छन्। मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल कनकाई नगरपालिका-८ विरिङ पुलमा राति सवा १० बजे ठोक्किएको प्रहरीले जनाएको छ । बा ७९ प ७८८५ नम्बरको मोटरस...

  • गण्डकी प्रदेशमा १६ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

    पोखरा । गण्डकी प्रदेशमा १६ हजार भन्दा बढीले कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् । सरकारले फ्रन्टलाइनमा खटिनेहरुका लागि पहिलो चरणमा शुरु गरेको खोप एकसातामा प्रदेशका ११ जिल्लाका १६ हजार ५ सय ५१ जनाले लगाएका हुन् । गण्डकी प्रदेशमा पहिलो चरमा सरकारले १७ हजार १९५ फ्रन्टलाइनरलाई खोप दिइँदै छ । प्रदेश स्वास्थ्य निर...

  • आगलागीमा सात वर्षीय बालकको मृत्यु

    खोटाङ । आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको छ। भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको मृत्यु भएको हो। मंगलबार साथीहरुसँग खेल्न गएको अवस्थामा आगो खेलाउनेक्रममा खर र परालको माझमा आगो लाग्दा बालकको मृत्यु भएको जानकारी आएको रावाबेँसी गाउँ...