• मन्त्रिपरिषद् हेरफेरः अर्थमन्त्रीमा पौडेल (कोको थपिए ? )

    काठमाडौं । मन्त्रिपरिषद् हेरफेर भएको छ । रिक्त रहेको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनुभएको छ । यसैगरी सहरी विकास मन्त्रालयमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त गरिएको छ । त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ । महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी भने लिलानाथ श्रेष्ठले पाउनुभ...

  • काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता

    काठमाडौं । विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो । महानगर...

  • भक्तपुरमा ब्यारेकभित्र सैनिक मृत फेला

    भक्तपुर । सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार २३ वर्षीय सैनिक जवान अनुज केसी मृत भेटिएका हुन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–६ घर भएका केसीको शव झुन्डिएको अवस्थामा बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ ...

  • बालबालिका माथिको दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीको अभियान

    काठमाडौँ । कोभिड–१९ को जोखिममा बालवालिकामाथि हुनसक्ने दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीले अभियान शुरु गरेको छ । बालबालिका विरुद्धका दुर्व्यवहार, हिंसा र विपद्का कारण अकालमा ज्यान गुमाउने घटना न्युनिकरण गर्न विशेष कार्यक्रम शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार...

  • देशभर पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मल्त्रालयले जनाएको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ६ सय ३८ जना सहित देशभर संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । त्यसैगरी हालसम्म देशभर...

  • कोरोनाबाट एकै परिवारका तीन जनाको मृत्यु

    तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन्। तीमध्ये एक बाबु र दुई छोरा छन्। ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ ...

  • माछा मार्न गएकी महिलाको शव गाडिएको अवस्थामा भेटियो

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरकी अन्दाजी ३५ वर्षीया काली बेदी खुनाको शव सनवोरा(गौडी) खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेल...

  • दलित हत्याको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ढुंगामुढा, प्रहरीसहित एक दर्जन घाइते

    काठमाडौं । दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ। प्रहरीका अनुसार झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन्। गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। टोल-टोलबीच ढु...

  • दरबाङ–धारापानी सडकको स्तरोन्नती सुरु

    बेनी । दरबाङ–धारापानी सडक स्तरोन्नतीको कार्य थालिएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना दरबाङको पक्की पुलदेखी धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानी सम्म सडकको स्तरोन्नती थालिएको हो । सात किलोमिटर सडक स्तरोन्नतीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शिलन्यास गर्नुभयो । स...

  • धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते

    कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा ...