• मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गर्ने काठमाडौंबाट पक्राउ

    काठमाडौँ । मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गरेको अभियोगमा डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ। मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस–५ घर भएका उनलाई अपहरण र असुलीको आरोपमा प्रहरीले प्रकाउ गरेक...

  • रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु,

    काठमाडौं । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको रौतहटका प्रहरी उपरिक्षक (एसपी) सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए । कम्मरभन्दा तलको भाग बाघले खाएर छाडेको अवस्थामा बुधवार ...

  • बाबरी मस्जिद तोडफोडको २८ वर्षपछि आडवाणी–मुरली मनोहरसहित ३२ जनालाई सफाइ

    काठमाडौं । उत्तर प्रदेशको अयोध्यामा रहेको बाबरी मस्जिद तोडफोड भएको २८ वर्षपछि लखनऊको विशेष अदालतले सोमबार ठूलो फैसला सुनाएको छ । न्यायाधीश एसके यादवले लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उमा भारती समेत ३२ आरोपीलाई सफाइ दिएको छ । यस मुद्दामा कूल ४८ जनामाथि आरोप लगाइएको थियो । यसमध्ये १६ जनाको यसअघि नै निधन भइसकेको छ । ...

  • सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जना पक्राउ

    भक्तपुर । सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन्। भक्तपुर नगरपालिका–१० कमलविनायक वसपार्कबाट सूर...

  • पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ

    काठमाडौँ । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो। वृत्तका प...

  • कुटपिटपछि मृत्यु प्रकरणमा हुद्दामाथि अनुसन्धान

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटना...

  • गुणस्तरहीन स्यानिटाइजरमाथि धमाधम विभागको कारवाही, थप दुई उत्पादनमाथि लाग्यो प्रतिबन्ध

    काठमाडौं । कोरोना महामारीसँगै बजारमा आएका स्यानिटाइजरको गुणस्तर परीक्षणको कामलाई औषधि व्यवस्था विभागले तिव्रता दिएको छ । पछिल्लो समय विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने दुई कम्पनीको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ । विभागले बुधबार एक सूचनामार्फत सेफ ह्...

  • बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता

    बाग्लुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बाग्लुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराएका ...

  • बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा १ जनाको मृत्यु

    वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बता...

  • कलंकीमा ब्रोइलरका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने चार जना पक्राउ

    काठमाडौं । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ। ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूह सक्रिय देखिएको छ।यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रह...