• ललितपुर महानगरले म्ह पूजाको आगलागीमा मृत्यु भएका परिवारलाई १० लाख सहयोग दिने

    काठमाडौँ । ललितपुर महानगरपालिकाले मंगलबजारस्थित नःबहाल चक्रबहीलमा म्ह पूजाको दिन आगलागीमा परि मृत्यु तथा घाइते भएकाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ। ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजार, चक्रबहीको घरमा गत कात्तिक १९ गत आगलागी भएको थियो। दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहेका एकै घर...

  • हेलिकप्टर दुर्घटनाबाट भारतीय पूर्व सेना प्रमुख विपिन रावतको मृत्यु

    एजेन्सी । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको छ। भारतीय वायुसेनाले ट्वीट गर्दै उहाँको निधनको आधिकारिक जानकारी दिएको हो। भारतीय सेनाका पूर्वप्रमुखसमेत रहेका रावत चढेको हेलिकप्टर बुधबार तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो। दुर्घटना परि विपिन रावत, ...

  • भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना

    एजेन्सी । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ। टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो। रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारी...

  • भक्तपुरमा युवा संघका जिल्ला सदस्यको हत्या

    भक्तपुर। भक्तपुरमा युवा संघका जिल्ला सदस्य राजन श्रेष्ठको हत्या भएको छ । मंगलबार राति पौने १० बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा हनुमन्ते खोलाको पुलमुनि गम्भीर घाइते अवस्थामा भेटिएका उहाँको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकबहाद...

  • इराकको बसरामा मोटरसाइकल विष्फोट : ४ जनाको मृत्यु, ४ घाइते

    एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ । राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल–सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेशन कमाण्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञ...

  • सुडानको पश्चिमी क्षेत्रमा जातीय दंगामा परी ४८ जनाको मृत्यु

    एजेन्सी । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ। यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ। सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ। अधिकारीहरुले जनाएअनुस...

  • रुपन्देहीको देवदहमा रहेको एक कलर हाउसमा आगलागी

    रौतहट । रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ । देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज बिहान विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले विद्युत सर्ट भइ आगलागी भएको बताउनुभयो । देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको स...

  • शिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ मा गोली लागेर युवकको मृत्यु भएको छ । गएराति शिकार खेल्ने क्रममा गोली लागेर १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डीएसपी युवराज खड्काका अनुसार, शिकार खेल्न जंगल गएका बेला गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको हो । सो घटनामा संलग्न रहेक...

  • तेह्रथुम कारागारमा नाइके र कैदीबन्दीबीच झगडा

    काठमाडौं । तेह्रथुम स्थित कारागार कार्यालयका नाइके र कैदी बन्दबीच झगडा भएको छ । गएराति झगडा भएपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरुलाई झ​गडा नगर्न आग्रह गरेका थिए । कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अहिले झगडाको कारणबारे छलफल गरिरहेको छ । नाइके र कैदीबन्दीको बिचमा झगडा भएको प्रारम्भिक सोधपुछबाट...

  • इन्डोनेसियामा ज्वालामुखी विस्फोट : कम्तीमा १३ जनाको मृत्यु, ९८ घाइते

    एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । दुईओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताउनुभएक...