• गठबन्धनको पक्षमा माहोल बनेको छ : नेपाल

    चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धको पक्षमा राम्रो माहोल बनेको बताउनुभएको छ । सत्ता पक्षीय गठबन्धनले आज चितवनमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दाबी गर्नुभयो । 'राम्रोसँग व्यवस्थापन गरेका छौँ,' उहाँले भन्नुभयो । ...

  • बैंकमा तरलता संकट, बुधबार बैंकले ९८ अर्ब २२ करोड सापटी लिए

    काठमाडौँ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिनु बैंक तथा वित्तीय संस्थाका लागि नौलो घटना रहेन । गत आर्थिक वर्षको पछिल्ला एकरदुई महिनादेखि नै बैंक तथा वित्तीय संस्थाले अल्पकालीन सापटीको भरमै बैंकिङ व्यवसाय चलाएका छन् । यो क्रम हरेक दिन चलिरहेको छ । यद्यपि पछिल्ला दिनहरुमा यस्तो सापटीको परिमाण ...

  • निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री राजविराजमा

    सप्तरी । निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाण सप्तरीको राजविराज पुग्नुभएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमकाअनुसार गृहमन्त्री खाण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बहान राजविराज पुग्नुभएको हो । गृहमन्त्री खाणले बिहान ११ बजे राजविराजको होटल आइगार्डेनमा हुने निर्वाचन स...

  • देउवाले फकाउँदा पनि सकारात्मक छैनन् जगन्नाथ पौडेल

    चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा हुनुहुन्छ । पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहनुभएको छ । उहाँले पौड...

  • पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

    काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो। सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानि...

  • आयोगद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । यसैगरी आयोगले निर्वाचन आचारसंहिता विपरीत...

  • रुसद्वारा युक्रेनको यो दाबी अस्वीकार

    एजेन्सी । रुसले भविष्यमा युक्रेनमाथि ‘पूरा हमला’ अर्थात् चौतर्फी युद्धको घोषणा गर्छ भन्ने दाबीलाई रुसले ठाडो अस्वीकार गरेको छ । रुसले यो दाबीलाई ‘बकवास’ भनेको छ । तर, रुसले दुई महिनाभन्दा बढी समयदेखि जारी युक्रेन आक्रमणलाई ‘युद्ध’ मान्न अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनमा जारी आफ्नो आक्रमणलाई विशेष सैन्य अभियानक...

  • बागीलाई सघाएको आरोपमा एमालेबाट आठजना निष्काशित

    झापा । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही गरिएको पार्टीका...

  • रोल्पामा कांग्रेस र माओवादीबीच झडप, उम्मेदवार घाइते

    काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा गए राति झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते हुनुभएको छ ।कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो। बुधबार तालावाङ बजारमा चुनावी सभा भएको थियो। त्यो सभा सकेर फर्कने क्रममा झडप भएको हो। डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले ज...

  • धनुषामा वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार

    धनुषा । धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो । उहाँको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । ...