• कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

    काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित भएको छ । बजेट अधिवेशनको पहिलो दिन सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको थिए । तर, उक्त बैठकमा एमाले सहभागी नभएको हो । संघीय संसद सचिवालयका अनुसार कार्यव्यवस्था ...

  • उपमन्त्री उज्रा जिया नेपाल आउँदै

    काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले नेपालको तीनदिने भ्रमण गर्ने आधिकारिक मिति सार्वजनिक गरेको छ । उपमन्त्री जियाले जेठ ६ देखि ८ सम्म तीन दिने औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । नेपाल–अमेरिका कूटनीतिक स...

  • विराटनगरमा आफ्नै कार्यकर्ताले गरे कांग्रेसका केन्द्रीय सदस्यमाथि हातपात

    विराटनगर । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् । व्यावसायी समेत रहनुभएका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुनुहुन्छ। सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वड...

  • मेयरबारे अहिल्यै निष्कर्षमा नपुगौं, हामी राम्रोसँग कमब्याक गर्छौं भन्ने लाग्छ : डंगोल

    काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धा जति रोमाञ्चक छ, उपमेयरको प्रतिस्पर्धा त्यति छैन। उपमयेरमा नेकपा एमालेकी सुनिता डंगोल आफ्ना विपक्षीभन्दा तीन गुणा बढी मतले अघि हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार सुनिताको ९४२१ मत छ। उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको २६६४ मत छ। सुरूआती च...

  • तिलोत्तमा नगरपालिकामा पुनः मतदान गर्न सत्ता गठबन्धनको माग

    काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन दलहरुले पुनः मतगणनाको माग गरेका छन् । मंगलबार गठबन्धन दलहरुले पत्रकार सम्मेलनको आयोजना गरी फरक तथ्याङ्क प्रस्तुत गर्ने कर्मचारीलाई कारबाही गर्न र पुनः मतदान गर्न माग गरेका हुन् । आज बिहान कर्मचारीले ५९ लाई ९५ र २४ लाई ४१ बनाएपछि नेपाली काँग्रेसका कार्यकताहरुले ...

  • गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

    महोत्तरी । नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा (एमाले)का उम्मेदवार विराट विष्टले पराजित गर्नुभएको हो । पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन ...

  • १ मतले कांग्रेसका यादवले वडाध्यक्ष जितेपछि माओवादीका कार्यकर्ताद्धारा प्रदर्शन

    राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका-३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मत अन्तरले निर्वाचित हुनुभएको छ । ६०० मत ल्याएर साह अध्यक्षमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवले ५९९ मत प्राप्त गर्नुभयो । १ मत अन्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा ध...

  • एमालेले संसदमा अवरोध जारी राख्ने उपाध्यक्ष नेम्वाङको भनाइ

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्ने भएको छ । मंगलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताउनुभयो । उहाँले संसदमा ...

  • तिलोत्तमामा एमालेको मत बढाएर अभिलेख राखेको भन्दै कांग्रेसको विरोध

    बुटवल । तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना स्थगित भएको छ । वडा नंं. १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताहरुले ...

  • एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयो : पोखरेल

    काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्ता गठबन्धनको प्रयास पूर्ण रुपमा असफल पारिदिएको बताउनुभएको छ । तर, अपेक्षा गरेजस्तो परिणाम भने प्राप्त नभएको बताउनुभयो । दलीय प्रतिस्पर्धा भएको भए देशमा एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुने जनमतले प्रकट गरे...