• गठबन्धनबाट बाहिरिने केसीको चेतावनी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई एमसिसीको पछि नलाग्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसिसीको विरोध गरेका हुन् । यस्तै, संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो । ...

  • पार्टीको लेटरप्याड दुरुपयोग गर्नेमाथि कडा कारबाही गर्न माओवादी केन्द्रको माग

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीको लेटर प्याड प्रयोग गरी गलत सूचना प्रवाह गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढाकालले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु भइरहेको...

  • राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको समुद्घाटन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन् । नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय भएको बताइन् । उनले यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रवर्द्धनमा...

  • कक्षा १२ को परीक्षाअघि विद्यार्थीलाई खोप दिन समितिद्धारा सरकारलाई सुझाव

    काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउदै भन्नुभय...

  • लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे सिकिस्त बिरामी

    बुटवल । लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी पर्नुभएको छ। आईतबार रातिदेखि अचानक दुवै खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएपछि काठमाडौंको नर्भिक अस्पतालमा मन्त्री पाण्डेको उपचार भईरहेको छ। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सदस्य ...

  • कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी

    काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी थालिएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमणको जोखिमका कारण उनीहरूले अध्ययन गरेको विद्यालयमै होमसेन्टर अवधारणा अनुसार परीक्षा लिने जानकारी दिनुभयो । ...

  • १ किलो १६५ ग्राम सुन सहित एक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो । विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलाम...

  • बनेपाबाट नगदसहित ११ जना जुवाडे पक्राउ

    काठमाडौं । प्रहरीले बनेपाबाट ११ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। बनेपा नगरपालिका-१४ खालचौरस्थित थोप्चन तामाङको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेका कृष्ण केसी, खड्गसिंह लामा, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, हिरा लामा, चन्द्र लामा, थर्कमान लामा, किशोर अधिकारी, छिरिङ...

  • कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु

    काठमाडौं । कालिकोटमा कर्णाली नदीमा ट्रक खस्दा चालक र सहचालको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक बैतडीका दीपक साउँद र सहचालक बाजुराका रमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्र शाहीले जानकारी दिनुभयो । नेपालगञ्जबाट जुम्ला जाँदै गएको ना७ख ९५१६ नम्बरको ट्रक कालिकोटको शुभकालिका गाउँप...

  • लाइन काटेर बक्यौता असुल

    बागलुङ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण ...