नेकपाका शीर्ष नेताको गृहजिल्लामा योजनै योजना

काठमाडौं आईतबार माघ २७ गते । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा ३६ वटा महत्त्वपूर्ण योजना सञ्चालनमा छन्। करिब चार अर्ब रुपैयाँका ती योजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा छन्। दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएका हुन्।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र निर्वाचन क्षेत्र नम्बर ५ मा पनि यसैगरी योजना पारिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। ओलीको निर्वाचन क्षेत्रसहित झापामा दर्जनौं ठूला योजना पारिएको छ। थाहाखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार