बेनी अस्पतालका विरामीलाई फलफुल वितरण

बेनी बिहिबार जेठ २ गते । बिहिबार देखी एशियाका तारा, महामानव, भगवान गौतम बुद्धको २६४३ औ जयन्ति एवम् लुम्बिनी दिवसको अवसरमा पहिलो दिन बेनी अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।


बुद्ध जयन्ति तथा लुम्बिनी दिवस समारोह समिति बेनी को आयोजना र नेपाल मगर बौद्ध सेवा समाजको संयोजकत्वमा बिहिबार सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालका २४ जना बिरामीहररुलाई फलफुल बितरण गरिएको बुद्ध जयन्ति तथा लुम्बिनी दिवस समारोह समिति सदस्य सचिव याम शाक्यले जानकारी दिनुभयो ।यसैगरी दिवसका अवसरमा विद्यार्थीहरुका लासग बौद्ध शिक्षा कार्यक्रमको अयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार