मंगला माविमा कृषि विज्ञान विषयको पठनपाठन सुरु

बेनी, सोमबार जेठ २० गते ।जिल्लाको पश्चिम मंगलामा गाउँपालिकामा रहेको मंगला माध्यामिक विद्यालयमा कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको छ ।
शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयको प्राबिधिक तथा व्यवसायिक धार कार्यक्रम अन्तर्गत गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको विद्यालयमा चालू शैक्षिक सत्रदेखि कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको हो ।

कक्षा ९ देखि १२ सम्म आइएससी एजी तह सम्मको पठनपाठन हुने विद्यालयका कार्यक्रम संयोजक हुमनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ४८ जना विद्यार्थीको कोटा भएकोमा २३ जना छात्रा र २२ जना छात्र गरि ४५ जना विद्यार्थी भर्ना भएका छन् ।


मंगला, मालिका गाउँपालिका र बेनी नगरपालिकाको विभिन्न ठाउँका विद्यार्थीहरु भर्ना भएको विद्यालयले जनाएको छ । तीन चरणको प्रवेश परिक्षा लिएर विद्यार्थी भर्ना गरिएको थियो ।

वार्षिक एक हजार पूर्णाकको १० वटा विषय मध्य चार वटा सामान्य र छ वटा कृषि विज्ञानसंग सम्बन्धित विषयको पढाई हुने सहायक प्रशिक्षक सन्दीप केसीले बताउनुभयो । कृषि विज्ञानतर्फ कम्प्युटर एप्लिकेशन, एग्रोनोमी, हर्टीकल्चर, सोयल एक्टेन्सन र पलान्ट प्रोटेक्सन विषयको पढाई हुने प्रशिक्षक केसीले जानकारी दिनुभयो ।

कृषि क्षेत्रको लागि आवश्यक दक्ष र योग्य जनशक्ति तयार पार्ने तथा स्वरोजगारको अवसर सिर्जना गर्ने सरकारको नीति अनुसार यस वर्ष बाबियाचौर संगै रघुगंगा गाउँपालिका २ भगवतीको मुक्तिधाम माविमा कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको छ ।


देशभित्र तथा विदेशमा रोजगारको अवसर भएको र जागिर नपाए हाँसिल गरेको शैक्षिक ज्ञानसिपले आफै स्वरोजगार बन्ने सम्भावना भएकाले कृषि विज्ञान विषय पढ्न थालेको विद्यार्थीहरुले बताएका छन् ।

मंगला माविमा यसअघि कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हँुदै आएको थियो । कृषि विज्ञान विषयको पठनपाठन सुरु भएपछि थप भौतिक पूर्वाधारको व्यवस्थापनका लागि पहल गरिएको प्रअ गमबहादुर खत्रीले बताउनुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत चार कोठे भवन निर्माणाधिन छ । यसअघि तत्कालीन शिक्षा कार्यालयको सहयोगमा चार कोठे पक्कि भवन निर्माण भएको थियो । पुरानो भवन जिर्ण भएकाले त्यसलाई पुननिर्माण गर्न र छात्रावासको लागि भवन निर्माणका लागि पहल गरिएको प्रअ केसीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार