जलजला गाउँपालिकामा स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्थास्थ्य सामाग्री वितरण

बेनी,आइतबार जेठ २६ गते । पर्वतको जलजला गाउँपालिकाले स्वास्थ्य स्वयंम सेविकाहरुलाई स्वास्थ्य उपचार सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको नौ वटै वडाका स्वयंम सेविकालाई लक्षित गरि स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको छ ।

आइतबार मल्लाज स्वास्थ्य चौकी र स्वास्थ्य चौकी र वाँसखर्क स्वास्थ्य चौकी अन्तर्गत पहिलो दिन वडा नं १,२,३ र ४ वडाका गरी १९ जनालाई स्वास्थ्य सामाग्री वितरण गरिएको गाउँपालिका स्वास्थ्य संयोजक दिल्लीराम कामतीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वयम सेविकाहरुलाई एक एक थान झोला, टर्चलाईट, छाता, थेर्मोमीटर र कैँची बितरण गरिएको छ ।

स्वास्थ्य सेवालाई प्रभावकारी एवम् सहज बनाउन गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको स्वास्थ्य सामाग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष सिमा पुन मगरले जानकारी दिनुभयो । स्वास्थ्य सेवाको पहुँचलाई प्रभावकारी बनाउन गाउँपालिकाले सबै वडाका ६५ जना स्वास्थ्य स्वयंम सेविकालाई स्वास्थ्य सामाग्रि सहयोग गरिएको उपाध्यक्ष पुन मगरको भनाई छ । मल्लाज स्वास्थ्य संयोजक गोरे नेपालीको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार