इन्द्रबहादुर बचाउ अभियानमा साढे तीन लाख बढी संकलन

नारायण राई
बेनी,बुधबार कात्तिक ६ गते ।

म्याग्दीको बेनी नगरपालिका –९ तोरिपानीका मृगौला रोगी इन्द्रबहादुर बानियाँ (राजु) बचाउ अभियामा साढे तीन लाख रुपैयाँ बढी सहयोग रकम प्राप्त भएको छ । तोरिपानी स्थित सुर्यकिरण युवा क्लबको आयोजनामा संचालन गरिएको मृगौला रोगी इन्द्रबहादुर बचाउ अभियानलाई सो सहयोग रकम प्राप्त भएको हो । संकलित सो सहयोग रकम मृगौला रोगि इन्द्रबहादुर बानियाँका परिवारलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

अभियानलाई बेनी बजार बासी ,स्थानीय गाउँवासी तथा प्रवासमा रहेका नेपालीहरुबाट गरी ३ लाख ६५ हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको इन्द्रबहादुर बानियाँ बचाउ अभियानका आर्थिक संयोजक रेशम राईले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै मृगौला रोगबाट पिडित इन्द्रबहादुर बानियाँ बचाउ अभियानलाई आर्थिक सहयोग रकम आउने क्रम जारी छ ।

मृगौला पिडित इन्द्रबहादुरको हाल काठमाण्डौैं स्थित वनस्थली किड्नी सेण्टर अस्पतालमा उपचार भइरहेको अभियान संयोजक क्लबका संस्थापक अध्यक्ष सुर्यप्रकाश बानियाँले जानकारी दिनुभयो । मृगौला रोगी बानियाँले हप्ताको दुई पटक डाइलेसिस गराउँदै आउनुभएको छ । आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन नसकेको क्लबका अध्यक्ष विनोद केसीले जानकारी दिनुभयो ।

अभियानमा आर्थिक सहयोग गर्ने सहयोगीहरुप्र्रति धन्यवाद व्यक्त गर्नुहुँदै क्लबका अध्यक्ष केसीले इन्द्रबहादुर बचाउ अभियानलाई सहयोग गर्न आग्रह गर्नुभयो । ४० बर्षिय मृगौला रोगी इन्द्रबहादुरका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । क्लबको आयोजनामा असोजदेखी इन्द्रबहादुर बानियाँ बचाउ अभियान थालिएको निवर्तमान अध्यक्ष तेजबहादुर राईले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेको मृगौला रोगबाट पिडित इन्द्रबहादुरको उपचारमा सहयोग गर्न उहाँँले सबैलाई अपिल गर्नुभयो ।
सहयोगका लागि
सुर्यप्रकाश बानियाँ सम्पर्क न ९८४७६४२४४६
रेशम राई सम्पर्क नं ९८२३२६०३६२
विनोद केसी सम्पर्क नं ९८६३२५२६७६

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार