• दाङमा बस दुर्घटना : १९ जना घाइते

    दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए। ...

  • घुम्ती रक्तदानमा १६३ युनिट रगत सङ्कलन

    गण्डकी । रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको छ । पोखरा च्याम्बर अफ कमर्श कास्कीको दोस्रो वार्षिकोत्सवको अवसरमा पोखराका विभिन्न छ स्थानमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको हो । पोखराको विपिचो...

  • पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज मुम्बई जाँदै

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मुम्बई जाँदैछन् । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई जान लागेका हुन् । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो । सीताको यसअघि पनि अमेरिका, सिंगा...

  • देशभर थपिए ४२१ कोरोना संक्रति , ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • बन्दुकधारीद्वारा पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते

    सिन्ह्वा । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्र...

  • कोरोना संक्रमणबाट शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइराला ‘निरू दा’ को निधन भएको छ। पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो। कोरोनाबाट पीडित उनको आज बिहान ११ बजे निधन भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थ...

  • सङ्खुवासभाको चिचिला गाउँपालिकामा स्वास्थ्य केन्द्र स्थापना

    सङ्खुवासभा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर कार्यक्रमको उद...

  • नवजात शिशुको मृत्युभएपछि आफन्तद्वारा कीर्तिपुर अस्पतालमा तोडफोड

    काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय ...

  • कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३ सय १५ पुगेको छ । संघको स्वास...

  • ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमका भनाई अनुसार स्थानीय ५९ वर्षीय पुरुषद्वारा बलात्कार प्रयास भएको हो । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकी बालिकालाई ती पुरुषले फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि...