म्याग्दी। म्याग्दीकाे बेनी नगरपालिकाको आयोजनामा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।कार्यालय परिसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितमा विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना आदानप्रदान भएको हो ।...
समाज
-
-
भिरबाट लडेर कांग्रेस वडा इकाइ सभापति सापकाेटाको मृत्यु
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ सोही वडाको धारा गाउँबाट घर आउने क्रममा लाम्मेलाको भिरबाट लडेर सापकाेटाकाे मृत्यु भएको हो । कांग्रेस मंगला गाउँपालिका सचिव विरेन्द्र बुढाथोकीका अनुसार ,बुधबार साँझ करिब ६ बजेको समयमा अन्दाजी ६० वर्षिय सापकोटाको भिर...
-
बेनी बचत सहकारीको अध्यक्षमा सञ्जय श्रेष्ठ
बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्र...
-
बेनी नगरपालिका फुटबल संघ गठन ,अध्यक्षमा चोखाल
बेनी । म्याग्दीको बेनी नगरपालिकामा फुटबल संघ गठन गरिएको छ । साेमबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको बेलाबाट जिल्ला फुटबल संघ अन्तर्गत देबेन्द्र चोखालको अध्यक्षतामा बेनी नगरपालिका फुटबल संघ गठन गरिएको हो । संघको कार्यसमिति उपाध्यक्षमा अञ्जन पुन मगर ,सचिवमा उपेन्द्र गिरी ,कोषाध्यक्षमा निलम थजाली चयन भएका जिल्ला फुटबल सं...
-
समुदायको अगुवाईमा ठडिएको जयन्ती माविको भवन यसरी गरियो उद्घाटन (फोटो फिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली स्थित जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित २२ कोठे भबनको भब्य समारोहका बिच उद्घाटन गरिएको छ । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको हो । भवनको...
-
दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै
बेनी । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप विविध सांगितिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका–६,स्थित पश्चिम म्याग्दी यृवा क्लबको आयोजनामा आगामी कात्तिक ९ गतेदेखि १५ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको...
-
बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग
बेनी । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ ।अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । क्षमता विस्तार अनुसार दरवन्दि न...
-
विश्वामित्र सहकारीको १२औं वार्षिक साधारण सभा
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १ हजार ४१ जना शेयर सदस्य रहेको सहकारीको गएको आर्थिक वर्ष २०७९÷०८० सम्म शेयर पुँजी तीन करोड ४६ लाख र लगानी २० करोड २६ लाख ५६ हजार दुईसय ७९ रुपैयाँ रहेको सहकारीले जनाएको छ । ...
-
अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि प्रकाश मावि बेनीले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक विद्यालय जनकल्याण माविलाई हराउँदै प्रकाश माविले अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो । भलिबलको फाइनलमा शुन्यका व...
-
पहिरो पीडित शेरबहादुरको परिवारलाई प्रवासबाट करिब साढे एक लाख सहयोग
बेनी । म्याग्दीको मंगला गाउँपालिका–३,स्थित घामताङ्गका पहिरो पीडित शेरबहादुर नेपालीको परिवारलाई युके र स्वीडेनबाट करिब साढे एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मिना घर्ती मगरको पहलमा युकेमा शिला मगर्नीको नेतृत्वमा ८७ हजार र स्वीडेनमा नर रोका मगरको नेतृत्वमा संकलन गरिएकाे ५३,५०० रुपैयाँ पहिरो पीडित नेपालीको परिवारलाई ह...
- « Previous Page
- 1
- …
- 98
- 99
- 100
- 101
- 102
- …
- 1155
- Next Page »






















