• तातोपानी कुण्डलाई आर्थिक सहयोग

    बेनी ,शुक्रबार जेठ २४ गते ।यहाँका एक परिवारले म्याग्दीको बेनी नगरपालिका -४ सिंगामा रहेको तातोपानी कुण्डलाई आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका ४ च्युरिबोट घर भई हाल काठमाण्डौ बस्दै आउनुभएका स्वर्गिय बलमान पुन मगरका धर्मपत्नी दिलमाया पुन मगरले एक लाख ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । स्वर्ग...

  • बेनीमा युवाहरुले गरे संसदीय अभ्यास (भिडियो)

    बेनी,आइतबार जेठ १९ गते । बेनीमा नगर स्तरीय युवा सञ्जाल गठन तथा युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व क्षमता विकास तथा संसदिय अभ्यासका बारेमा जानकारी गराउन नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । तीन दिन सम्म संचालन भएको कार्यक्र...

  • घारमा सार्वजनिक सुनुवाई

    सुरेन गुरुङ/घार, बुधबार जेठ १५ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजिकरणमा वडामा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका बारेमा वडा बासीहरुको प्रतिक्रिया,जिज्ञासा तथा सुझाव संकलन गर्ने उद्धेश्य सहित ...

  • रघुगंगा गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    बेनी ,सोमबार बैशाख ३० गते ।म्याग्दीको रघुगंगा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाले आइतबार वडा नं ५ झिं र ६ पाखापानीमा एक कार्यक्रमका विच जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सामाग्री सहयोग गरेको हो । गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम ...

  • मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना

    काठमाडौं, आइतबार बैशाख २९ गते । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेख...

  • एकल महिला तथा सशक्तिकरण केन्द्रको अध्यक्षमा केसी निर्वाचित

    प्रताप बानियाँ म्याग्दी,बुधबार बैशाख २५ गते । एकल महिला तथा सशक्तिकरण केन्द्र म्याग्दीको बुधबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट देवी केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । ‘एकल महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका ल...

  • विश्व रेडक्रस दिवसको अवसरमा ज्येष्ठनागरिक सम्मान तथा खाद्यान्न वितरण

    प्रताप बानियाँ म्याग्दी,बुधबार बैशाख २५ गते । नेपाल रेडक्रस सोासाइटी पुलाचौर उपशाखाको आयोजनामा बुधबार म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा विविध कार्यक्रमको आयोजना गरेर विश्व रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा ज्येष्ठनागरिक तथा स्वास्थ्यकर्मी सम्मान र खाद्यान्न वितरण गरिएको हो । बेनपा–५, भीरमुनीका १०...

  • महारानी मन्दिरलाई लायन्स क्लब म्याग्दी दोभानको २५ थान कुर्सी सहयोग

    प्रताप बानियाँ म्याग्दी,शनिबार बैशाख २१ गते । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको महारानी मन्दिरलाई बिहीबार प्लाष्टिकका कुर्सी सहयोग भएको छ । सामाजिक क्षेत्रमा क्रियशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा मन्दिरलाई कुर्सी सहयोग हस्तान्तरण गरिएको हो । लायन्स क्लबको अगुवाइमा क्लबमा आबद्ध र विभिन्न व...

  • श्रमिक दिवसका अवसरमा सञ्चारकर्मी सम्मानित

    बेनी विहिबार बैशाख १९ गते । एकसय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नवविकल्पमा कार्यरत सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । विगत ११ वर्ष देखि बेनीबाट निरन्तर प्रकाशित हुँदै आएको नवविकल्प साप्ताहिक समाचारपत्रले आफ्नो संस्थामा कार्यरत ३ जना सञ्चारकर्मीहरुलाई नगद सहित सम्मान गरेको हो । श्रमिक दिवसका अव...

  • अर्थुङ्गेमा रेडक्रसको बहुउद्देश्यीय भवनका लागि जग्गा दान

    बेनी बुधबार बैशाख १८ गते । नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे–छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङ्गेका धु्रबलाल शर्माले जग्गादान गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहनुभएका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस...