• भारतको अयोध्या लैजाने शिलाको पुजा (तस्बिरहरु)

    म्याग्दी । हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लाने कालिगण्डकी नदी किनारमा अवस्थित शिलाको आइतबार धार्मिक विधि अनुसार क्षमा पुजापाठ गरिएको छ । बेनी –गलेश्वर सडक खण्ड अन्तरगत बेनी नगरपालिका वडा नम्बर ६ ठुलो पहिरो स्थित कालिगण्डकी किनारमा अवस्थित १८ टनको क्वार्जराइट र १६ टनको क्याल साइट नामाकरण गरिएको शिलाको गण्डकी प्...

  • पुर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता निधिद्धारा गलेश्वर मन्दिर दर्शन (तस्बिरहरु)

    बेनी । पुर्व उपप्रधानमन्त्री ,प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधिले शनिबार बिहान गलेश्वरधाम मन्दिरको दर्शन गर्नुभएको छ । भारतको अयोध्यामा रामको मुर्ती बनाउन पठाउन लागिएको कालिगण्डकी किनारमा अवस्थित शिलाको अवलोकन गर्नुअघि निधिले मन्दिरको दर्शन गरी पुजाआजा गर्नुभएको हो । हिन्दू ...

  • जलजला गाउँपालिकाको गाउँसभा स्थगित

    लामाखेत। पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ ।लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो । गाउँपालिकाका अध्यक्ष र...

  • बेनी नगरपालिकाको नगरसभा : ७८ करोडको संशोधित बजेट पारित,उत्कृष्ट कर्मचारी पुरस्कृत (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन सम्पन्न भएको शुक्रबार बेनी स्थित नेपाल मङ्का खलःको सभा हलमा सम्पन्न भएको नगरसभाको १२ औं अधिवेशनले नगर उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको थप दुई करोड ६४ लाख रुपैयाँ बजेट ,संशाेधित बजेट,  सार्वजनिक बक्यौता तथा भाडादर निर्धारण समितिका संयोजक उत्तम कु...

  • मगर सांस्कृतिक उत्सवको अन्तिम तयारी

    पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा हुने “मगर सांस्कृतिक उत्सव–२०७९”को तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस ३० गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सरिता सारू मगरले जानकारी दिनुभयो । असहाय तथा विपन्न परिवारको सहयोगार्थ आयोजित कार्यक्रममा वरिष्ठ लोकगायिका एवं अ...

  • बेनीमा हेमन्त कान्छा रसाइली (तस्बिरहरु)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा लाेकप्रिय सारंगीबादक तथा गायक हेमन्त कान्छा रसाइलीले प्रस्तुत गर्नुभएको गितमा दर्शकहरु नाचे । सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेलाको अवसरमा बेनीको खुल्ला मञ्च स्थित स्टेजमा उक्लनुभएका हेमन्त कान्छाले भाग्यमानी गितबाट आफ्नो प्रस्तुत सुरु गर्नुभयो ।  चिसो मौसममा प्रस्तुत उहाँको ...

  • हनुमान नाच (फोटो फिचर)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार नेवार समुदायमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच बेनीमा प्रदर्शन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य स.घको मुल आयोजनामा सुरु भएको सातौँ म्याग्दी महोत्सवका अवसरमा नेवार समुदायका युवाहरूले बजारमा हनुमान नाच देखाएका हुन् । हनुमानको भेषमा नाच्ने यो नाचको आफ्नै विशेषता छ भने १२ वर्...

  • महोत्सवले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न तथा पर्यटन प्रवद्र्नमा सहयोग पु¥याउँछ : अध्यक्ष तिमिल्सीना

    म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा विहिबार म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ती मेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सीनाले यस्तो बताउनुभएको हो ।‘...

  • बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार देखी सातौं म्याग्दी महोत्सव सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा विभिन्न संघ संस्था तथा जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ...

  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी सभा (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औ वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भ...