काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दीर्घरोग नभएकी एक महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार अस्पतालमा उपचाररत इनरुवा ४ सुनसरीकी ती २८ वर्षीया महिलाको बिहान मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठले ती महिलामा कुनै पनि दीर्घरोग नभएको र कोरोना संक्रमणकै कारणले ज्...
मुख्य समाचार
-
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतबाट आएर बेनी स्थित म्याग्दी क्याम्पस क्वारेन्टाइनमा बसेका जिल्लाको रघुगंगा गाउँपालिका –३ का २६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ५४ पुगेको स्वास...
-
५ सय मेगावाटको जलविद्युत आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव
काठमाडौं । अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष पेस गरेको हो । त्यसबारे ऊर्जा...
-
अहिलेसम्मकै धेरै २७ सय २२ जना कोरोना संक्रमित थपिए ,३,३०७ निको भए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । पछिल्लो २४ घन्टामा ३३ सय सातजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको...
-
गण्डकीका ८५ प्रतिशत गाउँमा टेलिकमको फोरजी
पोखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ। सेवा बिस्तारको क्रममा टेलिकमले शुक्रबार गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो। मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको...
-
मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट उर्लाबारी नगरपालिका-९ बस्ने २९ वर्षीय देउ कुमार लिम्बूको मृत्यु भएको हो। शुक्रबार बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसको ठक्करबाट लिम्...
-
धान झार्ने क्रममा थ्रेसरमा बेरिएर महिलाको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो ।खेतमा धान थ्रेसिङ गर्ने क्रममा साउदको मृ...
-
राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा
काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा हुने भएको छ ।असोज १५ गते बसेको जनमोर्चाको केन्द्रीय समितिको अनलाइन बैठकले हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गर्ने निर्णय गरेको महासचिव जनकराज शर्माले जानकारी दिए । बैठकले सम्मेलनमा पारित हुने द...
-
दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय
बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको...
-
केपीलासगढीमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी थालेको छ। आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रुपमा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गत साउन ३२ गते पत्राचार गरेपछि गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्...






















