• गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार

    काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिनुभयो । निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएको छ । कार्यपालिकामा महिला सदस्य पाँच र...

  • देउवालाई ओलीको आग्रह : ईपीजी प्रतिवेदन एक पक्षीय रुपमै भए पनि बुझ्नुस्

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्जजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भए पनि बुझेर ईपीजी प्रतिवेदन सार्वजनिक गर्न देउवालाई ओलीले आग्रह गर...

  • सोती घटनाले देशकै प्रतिष्ठामा असर पुर्‍याएको छ : गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रुकुम पश्चिमको सोती गाउँमा भएको घटनाले देशकै प्रतिष्ठामा असर पुर्‍याएको बताउनुभएको छ । उहाँले घटनाको गहिरो छानबिन र दोषीहरूलाई कडा कारबाही गर्नका लागि सरकार प्रयासरत रहेको बताउनुभयो। जाजरकोटबाट न्याय खोज्दै काठमाडौं आएका मृतकका आमाहरूको गुनासो सुनेपछि गृहमन्त्री खाँणले सर...

  • काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता स्वार्थ टिकाउन र सत्ताको किलोमा बाँधेर आफुलाई खोज्न थालेको बताउनुभयो । उहाँले काँग्रेसको आफ्नो नीति कार्यक्रम नरहेको भन्द...

  • कर्णाली प्रदेश प्रमुखले गरे आर्थिक विधेयक प्रमाणीकरण

    कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ। कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई सं...

  • गठबन्धन सरकार नै जेरीजस्तो गुजुल्टिएको छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तेलमा तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तै भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारलाई चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरी जस्तो भएको टिप्पणी गर्नुभएको हो । ‘यो सरकार...

  • भोट आफ्नो पक्षमा पार्नका लागि मतदाताको हत्या भयो : ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा भोट आफ्नो पक्षमा पार्नका लागि मतदाताको हत्या भएको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोन गर्दै गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँमा भोट पाउनको लागि मतदाताको हत्या गरिएको ओलीले बताउ...

  • संसदमा केपी ओलीले बसेरै धारणा राख्दै

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यका कारण प्रतिनिधि सभामा बसेरै आफ्नो धारणा राख्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन प्रमुख विपक्षी दलका नेता ओलीलाई समय दिएका थिए । सभामुखले अध्यक्ष ओलीलाई समय दिएपछि ओलीले आफु स्वास्थ्यका कारण उभिएर धारणा राख्न नसक्ने भन्दै बसेर धारणा र...

  • नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी

    काठमाडौँ । अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिनुभएको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उहाँलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उहाँले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिनुभएको ह...

  • निर्वाचन आयोग बुढीगंगा नगरपालिकाको विवाद टुङ्ग्याउन अनिर्णित

    काठमाडौँ । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प...