नेकपाको आज बस्ने सचिवालय बैठकले टुंगो लगाउँदै इन्चार्ज र सहइन्चार्ज

काठमाडौं, बिहिबार जेठ २३ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बेठक बिहिबार बस्दैछ। बिहीबार विहान ९ बजे बस्ने बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तीन दिनदेखि बस्दै आएको बैठकमा इन्चार्ज र सहइन्चार्ज कसरी बनाउने भन्नेबारे विवाद हुँदै आएको छ।

अन्य जिम्मेवारी लिएकालाई पार्टीको जिम्मेवारीमा कम प्राथमिकता दिनुपर्ने भन्ने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताको अडानले विवाद जिम्मेवारी तोक्न ढिलाइ भएको हो। त्यसपछि आजै पार्टीका विभाग र पोलिटब्यूरो गठनबारे पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। थाहा खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार