नवौँ माउण्ट कपको उपाधि छात्र प्रकाश मावि तथा छात्रा तर्फ आयोजकलाई

म्याग्दी, आइतबार भदौ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिताको उपाधी प्रकाश मावि र आयोजक माउण्ट एभरेष्ट आवासीयले हात पारेको छ ।

युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनमा आइतबार खुल्लामञ्चमा भएको फाईनल खेलमा छात्रतर्फ आयोजक माउण्टलाई २ विरुद्ध ३ सेटले जित्दै प्रकाश माविले उपाधि हात पार्न सफल भएको हो ।

छात्रातर्फको खेलमा आयोजक माउण्ट एभरेष्टले मंगला गाउँपालिका–३ बरंजाको महेन्द्ररत्न माविलाई पराजित गरी उपाधि जितेको हो ।प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३५ हजार, २० हजार र छात्रातर्फ प्रथमले २० हजार र ं द्वितीयले १० हजार नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित वितरण गरिएको थियो । प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ विभिन्न ७ ओटा विद्यालयको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार