• जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

    धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी बुरितोला नपुग्दै जंगल रहेको क्षेत्रमा आलिताल गाउँपालिकाका कम्प्युटर अप्रेटर लोकेन्द्र सिंह ...

  • दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

    सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ। कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा यही असार ७ गते बिहान शव फेला परेको थिय...

  • भारतीय बजार गएका दाङका २ युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए

    दाङ । दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक...

  • १ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

    काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं विरुद्ध १ करोड २० लाख २८ हजार ९० रुपैयाँ, न्यू पाथिभरा सप्लायर्स, हेटौं...

  • १३ केजी गाँजासहित एक पक्राउ

    बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्र.३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्र...

  • पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

    धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाले मिलेर घाँटी थिची हत्या गरेको भन्दै मृतक गौरी...

  • म्याद सकिएका औषधिमा नक्कली प्रिन्ट, ३ जना पक्राउ

    रुपन्देही । बुटवल उपमहानगरमा म्याद सकिएका औषधि तथा पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट लगाएर बजारमा विक्री वितरणका लागि लैजाने धन्दामा सक्रिय तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–७, दीपनगरमा सञ्चालित बर्तोली प्रिन्टर्सको गोदाममा म्याद सकिएका औषधि र पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट (लेबल) टाँसेर...

  • विराटनगर नाकाबाट बालिकाको उद्धार, बेच्न लैजान खोजेको आरोपमा २ जना पक्राउ

    काठमाडौँ । नयाँ लुगा किनिदिने, आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर १३ वर्षीया बालिकालाई भारत लैजान खोजेको आरोपमा दुई जनालाई पक्राउ गर्दै प्रहरीले बालिकाको उद्धार गरेको छ । मोरङ प्रहरीले दिएको जानकारी अनुसार नेपाल–भारत सीमाको विराटनगर–१५ स्थित २ नं. गेटबाट बालिकाको मंगलबार उद्धार गरिएको हो । झापाकी ती बालिकालाई बेच्न ल...

  • मन्त्री आलेविरूद्धको मुद्दा सर्वोच्चले अघि बढाउने

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको छ । उहाँको अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो । तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको ...

  • गाडी तोडफोड गर्ने गाउँपालिका अध्यक्षका छोरालाई ‘माफी’

    विराटनगर । गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरालाई ‘माफी माग्न लगाएर’ उन्मुक्ति दिइएको छ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाको आन्तरिक राजनीतिक भागबण्डाको विरोध गर्दै मंगलबार साँझ पालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका थिए । नेपाली कांग्रेसबाट निर्वाचित ...