महभिर । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी, रबीलाल घर्ति र कमारी घर्तीकाे घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो । “पहाडको फेदीबाट...
Breaking News
-
-
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम । रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभाेग्य खाद्यान्न समाग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामकी ९९ वर्षिया एकल महिला तथा बृद्धा नन्दकुमारी गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनले २० हजार रुपैयाँ बराबरको चा...
-
महभिरको ओडारबोटमा पहिरोले दुई घर पुरिए,१६ घर जोखिममा
बेनी । बुधबार विहान राती वस्ती माथिबाट खसेको पहिरोले जिल्लाको मालिका गाउँपालिका–४,महभिर स्थित ओडारबोटका दुई घर पुरिएकाे छ। २ बजे वस्ती माथिको सिद्धथान भिरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तीको घर पुरेको हो । भारी वर्षा संगै खसेको पहिरोले कालेकामीको एक तले र घर्तीको दुई तले पक्की ढुङ्गे घरमा पुर्ण क्षत...
-
सडकमै सुते शिक्षकहरू
काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक...
-
पहिरोले पुरिएर बेलीमा एकजनाको मृत्यु
दरबाङ । । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित बेलीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । वडा अध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार ,विहान करिब पौने आठ बजेको समयमा गोठबाट घरतर्फ फर्किने क्रममा जेमखोलाको पहिरोले पुरिएर फुल्वाङका ४८ वर्षिय तिर्थबहादुर बिकको घटनास्थलमै मृत्यु भएको हो । जेसीबी ,स्थानीयबासी र जनप्रतिनिधिले...
-
विममा सार्वजनिक सुनुवाइ,विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने वडावासीको माग
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९÷०८० मा वडा कार्यालयबा...
-
मोनाको अध्यक्षमा पूर्जाको उम्मेद्वारी घोषणा
बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना)अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्ष पदमा मिम पुर्जाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । मोना आईएसीको आसन्न पाँचौ महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल मोनाको महाधिवेश...
-
दुखुबेशीमा निशुल्क दन्त शिविर
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । दुशुबेशी स्थित मितेरी युवा क्लबको आयोजना र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जनाले सेवा लिएकोमा ७ जनाको दाँत उखेलिएको पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिका सञ्चा...
-
मोना अस्ट्रेलियाको बेनीमा फोटो प्रदर्शनी ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम (फोटो फिचर)
बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वय तथा सहकार्यमा शुक्रबार बेनीमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समि...
-
विकासमा पछाडि परेका म्याग्दी सहित तीन जिल्लालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छाैं : मुख्यमन्त्री पाण्डे
म्याग्दी । दुई दिन सम्म सञ्चालन हुने नेपाल जेसीजको क्षेत्र ‘ख’सम्मेलन आजदेखि बेनीमा सुरु भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आयोजित उक्त सम्मेलनको विहीबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले विकासमा पछाडि परेका म्याग्दी सहित तीन जिल्लालाई प्र...






















