चितवन । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सू...
मुख्य समाचार
-
-
गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण,संक्रमित संख्या २,९६८ पुग्यो
कास्की । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै आइतबार बिहान प्रदेशका विभिन्न ५ जिल्लाका थप २९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका ४ महिला तथा ३ पुरुष, स्याङजा गल्याङका ...
-
चितवनमा कोरोनाले ८५ वर्षीया एक महिलाको मृत्यु
चितवन । चितवनमा आइतबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगरचोक बस्ने ८५ वर्षीया महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो । चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार क्यान्सर रोगीसमेत रहेकी ती महिलाको स्वास्थ्य पछिल्लो समय जटिल हुँदै गएको थियो । ‘क्यान्सरको पुरानो स...
-
जैमिनीमा पहिरोले पुरिएर दुई महिलाको मृत्यु
बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा पहिरोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५,विनामारे स्थित घर माथिबाट खसेको पहिरोले पुरिएर अन्दाजी ७५ बर्षिया जल्पादेवी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुका सुचना अधिकारी तथा प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अवि...
-
काभ्रेका ५२ प्रतिशत सङ्क्रमणबाट मुक्त भई घर फर्किए
काभ्रे । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथ...
-
विदेशमा कोरोनाका कारण यो साता थप ४३ नेपालीको मृत्यु, मृतक संख्या २४३ पुग्यो
काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाक...
-
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु ,मृतक संख्या ३३६ पुग्यो
काठमाडौं । पछिल्लो२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसक...
-
नेपालमा थप १,२०१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देश...
-
रोल्पामा पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु
रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका १ पाँङ ऐपेमा गयराति गोठ माथिबाट झरेको पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु भएको छ ।मध्यराति गोठ माथिबाट खसेको पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका ११ वर्षीय युवराज घर्ती र आठ वर्षीय अमर घर्तीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी...
-
ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । ललितपुरका दुई अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पताल उपचाररत दुई जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पताल, ललितपुरमा भदौ १७ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय कोरोना संक्रमि...



















