काठमाडौं ,आइतबार जेठ ०४ गते । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । file photo मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । अनलाइनखबरबा...
मुख्य समाचार
-
-
थप ३ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २९५ पुग्यो
काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका ३४ वर्षीय महिला, विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाए । ...
-
मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता
बेनी ,आइतबार जेठ ०४ गते ।म्याग्दीको बेनी –जोमसोम सडक खण्डको बैसरी नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता हुनुभएको छ । आइतबार दिउसो मुस्ताङको थासाङ गाउँपालिकाबाट सुत्केरी लिन पोखरा हिडेको लेते स्वास्थ्य चौकीको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा सडकबाट करिब १०० मिटर तल...
-
बाँकेको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु,स्वाब परीक्षणका लागि पठाइयो
नेपालगञ्ज,आइतबार जेठ ०४ गते । बाँकेको क्वारेन्टाइनमा रहँदै आएका एक युवाको मृत्यु भएको छ । नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाले जनाएको हो । उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै ...
-
नेपालमा थप १० जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष तथा रौतहत इशनाथ नगरपालिका ३ र ५ मा बस्ने २८, ...
-
नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो
काठमाडौं,शनिबार जेठ ०३ गते । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषा निवासी २० र ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पुष्टि भएको हो । दुईजना संक्रमि...
-
थप २ जनामा कोरोना ,नेपालमा संक्रमितको संख्या दुई सय ७८ पुग्यो
काठमाडौ ,शनिबार जेठ ०३ गते ।महाेत्तरी र काभ्रेका दुईजना पुरुषमा काेराेना संक्रमण देखिएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या संख्या दुई सय ७८ पुगेकाे छ ।पछिल्लोपटक महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रि...
-
नेपालमा कोरोनाबाट पहिलोपटक २९ वर्षीय महिलाको मृत्यु
काठमाण्डौ ,शनिबार जेठ ०३ गते । नेपालमा कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको पुष्टि भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका अनुसार उहाँ १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर सुत्केरी हुनुभ...
-
थप तीन जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २७६ पुग्यो
काठमाडौ ,शनिबार जेठ ०३ गते ।कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ...
-
६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २७३ पुग्यो
काठमाडौं,शनिबार जेठ ०३ गते । नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बर्दिय...