• औद्योगिक क्षेत्रबाट वार्षिक १२ अर्ब राजश्व

    बागमती । सरकारको स्वामित्वमा रहेको हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान/कार्यालयले वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका छन् । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठानरकार्यालयले विभिन्न शीर्षकका नाम...

  • सात दिनभित्र उखु किसानको बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले सात दिनभित्र आन्दोलनरत उखु किसानको बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । आज बसेको समिति बैठकले चिनी मिलबाट किसान...

  • श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

    रौतहट । रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका थिए । ४६ जना उँखु किसानहरुले सँयुक्त रुपमा जिल्ला प्...

  • समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापक आन्दोलित

    काठमाडौं । समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ । आंशिक प्राध्...

  • विराटनगरका विद्यालय आजदेखि सञ्चालनमा

    मोरङ । कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । विराटनगर महानगरपालिकाले गत मंसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् । महानगरले सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्याललय सञ्चालन गर्न सात ...

  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष स...

  • कुखुरा फर्ममा आगलागी हुँदा नौ सय चल्ला जलेर नष्ट

    मोरङ । मोरङको बेलबारीमा बिहीबार बिहान एउटा कुखुरा फर्ममा आगलागी हुँदा चल्ला जलेर नष्ट भएका छन्। बिहान २ बजेतिर बेलबारी–९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी हुँदा ९ सय चल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेर मरेको मोरङ प्रहरीले...

  • महालक्ष्मी बैंक ललितपुरको सात करोड कर्जा हिनामिना, तीन जना पक्राउ

    काठमाडौं । महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरू गरेको छ। यस क्रममा प्रहरीले तीन जना ऋणीलाई पक्राउ गरेको सिआइबीले जनाएको छ। ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह पाइएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको...

  • तालबाराही मन्दिर खुला

    पोखरा । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गतचैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणको लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । “लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्...

  • सहयोगी महाविद्यालय:बुहारीलाई निःशुल्क शिक्षा

    काठमाडौँ । नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ। गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग जुटाएर भवन शिलान्यास गरिएको हो। गत आर्थिक वर्षमा नगरपालिकाले छु...