म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामबाट करिब ५८ वर्षअघि सम्पर्कविहीन हुनुभएका ८१ वर्षीय यामबहादुर तिलिजा भारतको मणिपुर राज्यमा भेटिनुभएको छ । लामो समयदेखि परिवारको सम्पर्कबाट टाढा रहनुभएका तिलिजालाई मणिपुरको सेनापति जिल्लास्थित बिन्द्रामाई गाउँबाट करिब पाँच किलोमिटर टाढा घना जंगलभित्र रहेको एउटा छाप्रोमा ...
रघुगंगा गाउँपालिका
-
-
ज्ञानोदय माविमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
म्याग्दी । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजको आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकहरुको लागि एक दिने प्रभावकारी उद्घोषण तथा भाषणकला सम्बन्...
-
दिवंगत गर्बुजा दम्पतीको स्मृतिमा विद्यालयमा भेटघाट तथा छलफल कक्ष निर्माण
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामस्थित जनता माध्यमिक विद्यालयमा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा निर्माण गरिएको भेटघाट तथा छलफल कक्ष एक विशेष समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले न...
-
गर्बुजा दम्पतीको स्मृतिमा चौतारोमा छाना र रेलिङ निर्माण
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा चौतारोमा छाना तथा रेलिङ निर्माण गरिएको छ । दग्नामको गहिरिगाउँस्थित साठीकुरिया चौतारोमा निर्माण गरिएको संरचनाको बुधबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि थममाया गर्बुजाले रिबन काटेर उद्घ...
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी म्याग्दीबाट पक्राउ
म्याग्दी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका तथा १९ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ४५ वर्षीय गुनबहादुर पुर्जालाई शुक्रबार राति करिब १२ः३० बजे पक्राउ गरिएको हो । भुलबहादुर तिलिजाको जाहेरीका आधारमा दर्ता भए...
-
पाल्लेखर्कका शताब्दी पार गरेका ज्येष्ठ अभिभावक छन्त्यालको निधन
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले स्थित पाल्लेखर्क निवासी १०१ वर्षीय ज्येष्ठ नागरिक रिबहादुर (घ्याप्चन )छन्त्यालको निधन भएको छ । एक शताब्दीभन्दा लामो जीवनयात्रा पूरा गरी समाजका लागि प्रेरणाको स्रोत बन्नुभएका छन्त्यालको असार २४ गते आफ्नै निवासमा निधन भएको हो। उहाँको निधन भएपछि सम्पूर्ण गाउँ नै शोकमग्न ब...
-
दुर्गमबाट सुगमतातर्फ रघुगंगा : सडक र भवन पूर्वाधारले बदलिँदै गाउँको अनुहार
साधन राम्जाली मगर म्याग्दी । हिमाल, पहाड र नदीले घेरिएको म्याग्दीको रघुगंगा गाउँपालिका केही वर्षअघिसम्म भिरालो कठिन भुगोल अनि दुर्गम बस्तीका कारण यातायात र पूर्वाधार विकासको चुनौतीसँग जुधिरहेको थियो । धवलागिरिको फेदीदेखि कालीगण्डकी नदीको किनारसम्म फैलिएको यस पालिकाका धेरै बस्ती सडक पहुँचबाट टाढा थिए भने सरकारी सेवा लि...
-
राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न सुरु
म्याग्दी । म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङमा आइतबारदेखि पानी भर्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेड ले निर्माण गरिरहेको आयोजनाको दग्नाम–झिँ क्षेत्रस्थित बाँधदेखि पिप्लेस्थित तेस्रो अडिटसम्मको ६.२७ किलोमिटर लामो मुख्य सुरुङम...
-
रघुगंगा गाउँपालिकाको बजेट ५६ करोड चार लाख रुपैयाँ बढी (तस्बिर/भिडिओ)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि ५६ करोड रुपैयाँ बढीको बजेट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औँ गाउँसभाबाट आगामी बर्षको लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहने रकम समेत...
-
रास्वपा रघुगंगा गाउँपालिका सभापतिमा पाण्डे
म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम पालिका अधिवेश सम्पन्न भएको छ। बिहिबार अधिवेशनबाट सभापतीमा डम्मर बहादुर पाण्डे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको उपसभापतिमा प्रकाश पाईजा, सचिवमा दल बहादुर कार्की तथा सह(सचिवमा ईमा कुमारी शाही रकाल चयन हुनुभएको छ।त्यसैगरी स...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 45
- Next Page »















