बैतडी । पाटन नगरपालिका–१० का ६ घर पहिरोको जोखिममा छन् भने तीन परिवार विस्थापित भएका छन्। बुधबार रातीको वर्षाले ठाँउठाँउमा पहिरो गएपछि ६ वटा घरहरु जोखिममा रहेको वडा कार्यालयले जनाएको छ। बाडीखाना टोलका हरी सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगन बहादुर चन्द, बल्देव लुहार र डुब्के टोलका इन्द्रबहादुर कुवँरको घर पहिर...
समाचार
-
-
कञ्चनपुरबाट नगद र लागुऔषधसहित एक युवक पक्राउ
धनगढी । कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१२ ऐरीबाट सोही ठाउँका २० वर्षीय सुदर्शन भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔष...
-
एसी जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
काठमाडौं । एसी जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। नवलपरासी (पूर्व) देउचुली नगरपालिका-१२ का ४० वर्षीय चक्रपाणि भुसालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही नगरपालिका-२ स्थित सिजी फुड नेपाल प्रा.लि.मा कार्यरत् भुसाललाई एसी जडान गर्ने क्रममा बिहीबार बिहान ११ बजे करेन्ट लागेको थियो। करेन्ट लागेप...
-
टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टिम आज जापान जाँदै
काठमाडौं । जापानमा आयोजना हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गर्दैछ । पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन् । नेपाली टोली आज साँझ जापान प्रस्थान गर्ने तालिका रहेको छ । मंगलबारबाट सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गो...
-
सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने ६ जनाको सकुशल उद्धार
सुनसरी । सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । गत असारदेखि साउन महिन...
-
पछिल्लो सरकारका सहयोगीलाई घर–घर पुगेर खोज्दै तालिबान
काठमाडौँ । तालिबानले नेटो सेना र अफगान सरकारसँग काम गरेकाहरूको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रको एक रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा तालिबान विद्रोहीहरू घर–घर पुगेर उनीहरूको खोजी गर्दै परिवारलाई धम्की दिइरहेको रिपोर्टमा उल्लेख गरिएको छ । उता, दोस्रोतर्फ तालिबान नेतृत्व भने अफगानिस्तानमा कब्जा जमाएपछि कुनै प्र...
-
अमेरिकी संसद भवन नजिकै बिस्फोटकको धम्की दिने व्यक्ति पक्राउ
काठमाडौँ । अमेरिकाको संसद भवन नजिकै आफूसँग बिस्फोटक पदार्थ भएको भनेर धम्की दिने एक व्यक्तिलाई पक्राउ गरिएको छ । यी व्यक्तिको नाम फ्लोएड डे रोजबेरी हो, उनी ४९ वर्षका हुन् । बिस्फोटकको धम्की दिएको केही घण्टापछि फ्लोएडले आत्मसमर्पण गरेका हुन् । हाल उनको उद्देश्य पुष्टि हुन सकेको छैन । प्रहरीले ती व्यक्तिको गाडीको पनि त...
-
देशभर थपिए ३०७५ कोरोना संक्रमित, ३३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर...
-
हेटौंडा-पथलैया सडकखण्डमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते
वीरगञ्ज । हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्र...
-
एमाले कर्कलोको पातको पानीजस्तो होइन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले कर्कलोको पातमा अडेको पानीजस्तो पार्टी नभएको बताउनुभएको छ। एमाले कमजोर नाजुक शक्ति नभएको उहाँले बताउनुभयो। नेपाली पुगेका ठाउँमा एमाले पुगेको पनि उहाँले बताउनुभयो। 'एमाले विरोधी षड्यन्त्र आफैँ समाप्त हुनेछ। उनीहरूले डेढवर्ष गरेर खाँदैनन्। सरकार चार जना मन्त्री लिएर हिँडे...













