• जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा

    गलकोट । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन्। राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ। कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ। जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका आ...

  • आगलागी पीडितका लागि राहत बोकेर कर्णालीका मुख्यमन्त्री मुगुमा

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागीबारे स्थलगत अनुगमन गर्न मुगु जानुभएको छ । उहाँ राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधवार बिहान मुगु जानुभएको हो । तत्कालीन राहत सामग्रीहरू टेन्ट, लत्ताकपडा, भाँडा काठमाडौंबाटै ल्याईएको छ। सुर्खेतबाट खाद्यान्न र रेडक्रसको राहत सामग्री लगिएको मुख्यम...

  • नगरपालिकालाई महासंघको पत्राचार

    बेनी । जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले मङ्गलबार बेनी नगरपालिकालाई पत्राचार गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई पत्र बुझाएको हो । नगरपालिकाले पत्रकार महासंघको कार्यालय सञ्चालन गर्नका...

  • थप ३७७ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ४९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय ७० जना नि...

  • जलाशय भरिएर ‘ओभर फ्लो’ भयो कुलेखानी

    मकवानपुर । लामो समयपछि कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिएर ‘ओभर फ्लो’ भएको छ । २०७२ सालको भूकम्पपछि पहिलो पटक कुलेखानी जलाशय भरिएर ‘ओभर फ्लो’ भएको हो । ३ सय मिटर चौडाइ, ७ किलोमिटर लम्बाइ र ८ करोड ५३ लाख घनमिटर क्षमताको कुलेखानी जलाशय भरिएर २० दिनदेखि ओभरफ्लो भइरहेको छ । कुलखानी जलाशयमा संकललित पानीबाट ३ वटा जलविद्युत आय...

  • हिसाब खोज्दा पालिकाको बैठक कक्षबाट निकालिए वडा अध्यक्ष

    विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकालेका छन् । सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे-४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन् । समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ ...

  • तलब नपाएपछि कर्मचारीद्वारा सर्केगाड गाउँपालिकामा ताला

    सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आइतबारदेखि ताला लागइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीको गाउँपालिकाले तलब नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् । गाउँपालिका बाल विकास सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकादेखि ताला लगाइएको प्रगति प्राव...

  • गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट

    मुगु । जिल्लाको गमगढी बजारमा सोमबार राति आगलागीबाट २१ वटा घर जलेका छन् । २१ वटा घर पूर्णरुपमा ध्वस्त भएको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ । जिल्ला समन्वय समितिमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट २१ घर ध्वस्त भएको र पीडित परिवारलाई तत्काल गास बासको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्...

  • गहुँको बिउ भारतमा निर्यात भएपछि प्रशोधनमा भ्याइनभ्याइ

    झापा । नेपाल कृषि प्रधान देश हो । तर, नेपालमा राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अनन्नबालीलगायतको बिउ भारतबाट आयत हुन्छ । तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ । अहिले गहुँ लगाउने सिजन हो । भारतबाट गहुँको बिउको अत्याधिक माग भएपछि बिउ प्रशोधन केन्द्रलाई बिउ प्रशोधन गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञानकेन्द्र झा...

  • अधुरा पुर्वाधार योजनालाई पूर्णता दिन चौतर्फी दवाव

    म्याग्दी । म्याग्दीमा संचालित अधुरा पुर्वाधार योजनाहरुलाई समयमै पूर्णता दिन निर्माण ब्यवसायीलाई चौतर्फी दवाव भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले निर्धारित समयमा पुर्वाधार योजनाहरुको काम सम्पन्न गराउन निर्माण ब्यवसायीलाई प्रतिवद्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सडक र पुल लगायतका पु...