• दरबाङ–म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू (तस्बिरहरु)

    बेनी ।२५ मेगावाट क्षमताको आयोजनाको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ । आयोजनका साइट ईन्जिनियर ब...

  • आत्मनिर्भर साना किसान कृषि सहकारीको दोस्रो वार्षिक साधारणसभा (तस्बिरहरु)

    दरबाङ ।पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडको आज (आइतबार) दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । दरबाङमा सम्पन्न साधारणसभामा गएको पुस महिनासम्म सहकारीमा कुल ४ सय २१ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी ५३ लाख ५३ हजार आठसय रुपैयाँ रहेको छ । हालसम्म ७६ लाख ३५ हजार आठस...

  • मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न भएको छ ।सोमबार राति सम्पन्न गाउँसभाले चालु बर्षको संशोधित बजेट तथा कार्यक्रम पारित गरेको छ । उपाध्यक्ष खरमाया विटालुले प्रस्तुत गर्नुभएको चालु बर्षको संशाेधित सात करोड ९६ लाख ८५ हजार रुपैयाँको बजेट तथा कार्यक्रम गाउँसभाले पारित गरेको हो । साझेदारी कोष (म्याचिङ ...

  • ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु (तस्बिरहरु)

    ओखरबोट । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ४ स्थित ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल मगर संघ इकाई समिति ओखरबोटको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबारदेखि उक्त भाषा प्रशिक्षण सुरु भएको हो । भाषा प्रशिक्षणको वडा अध्यक्ष दिलिपकुमार शेरचनले इकाई समितिको सभाहलमा एक कार्यक्रमका विच उद्घा...

  • प्याब्सन म्याग्दीको अध्यक्षमा पुन

    बेनी । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) म्याग्दीको अध्यक्षमा हिराबहादुर पुन चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संगठनको नवौं साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट  अध्यक्षमा पुन चयन हुनुभएको हो । पुन मालिका गाउँपालिका-६,स्थित केबी एकेडेमी एण्ड बोर्डिङ स्कुलको प्रवन्ध निर्देशक हुनुहुन्छ । संगठनको...

  • जनप्रिय माविको भवन शिलान्यास (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित जनप्रिय माविको भवन शिलान्यास गरिएको छ । शुक्रबार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले १६ कोठे पक्की भवनकाे शिलान्यास गर्नुभएको हो । क्याप्टेन जितबहादुर घर्ति मगरको पहलमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा छ्यारेछ्यारेमा भवन निर्माण भइरहेको छ ।भवन निर्माणमा क...

  • दरबाङमा लैङ्गीक हिंसा सम्बन्धी सचेतना

    बेनी । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले समाजमा हुने सबै प्रकारका हिंसाबाट उन्मुक्तीका लागि महिलाहरुलाई शिक्षासंगै आर्थिक र सामाजिक रुपमा सचेत बनाउनु पर्नेमा जोड दिनुभयो । मालिका गाउँपालिकाले १६ दिने लैङ्गीक हिंसा सम्बन्धी सचेतना हिंसा विरुद्धको दिवसको अवसरमा सुआहारा म्याग्दी र मिलन म्याग्दीसंगको सहकार्...

  • हिरादेवी फगामी बनिन् उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका

    देविस्थान ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्वास्थ्य चौकीले आर्थिक बर्ष २०७७÷०७८को उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाको रुपमा हिरादेबी फगामीलाई सम्मान गरेको छ । स्वास्थ्य चौकीले साविक देविस्थान गाविस वडा नम्बर ६ की महिला सामुदायीक स्वास्थ्य स्वयंसेवीका फगामीलाई कार्यदक्षता, बैठकमा उपस्थित...

  • माओवादी केन्द्र मालिका गाउँपालिकाको अध्यक्षमा शेरचन (तस्बिर )

    दरबाङ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ ।पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्ज...

  • माओवादी केन्द्र निस्कोटको वडा अधिवेशन,अध्यक्षमा पुन

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटमा बिहिबार नेकपा माओवादी केन्द्रको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रमेश पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा कबिर गोतामे, सचिबमा पुकार घर्ति, सहसचिबमा सुनमाया सेती र कोषाध्यक्षमा प्रेमिका सेती रहनुभएको छ । अधिबेशनलाई सम्बोधन ग...