• तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन

    रुपन्देही । मंगलबार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको थियो । विवाद मिलाएर मतगणना गर्ने भनिएपनि दुवै पक्षको आ–आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताउनुभयो।...

  • काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार विजयी

    जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पदमबहादुर शाहीले २३ सय ४१ मत ल्याउनुभयो । त्यस्तै नेप...

  • प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । मंगलबारबाट सुरु भएको ११ औं अधिवेशन अन्र्तगत बुधबार बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । नागरिक खबरबाट  ...

  • इलाममा २५ वर्षपछि कांग्रेसले फर्कायो विरासत

    इलाम । इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेको छ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको हो । नेपाली कांग्रेसका उम्मेदवार केशव थापाले एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित हुनुभएको छ। थाप...

  • राप्रपा २ पालिकासहित ५५ वडाअध्यक्षमा विजयी

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले झापाको हल्दिबारी नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिका जितेको छ। मंगलबार बेलुकासम्म राप्रपाले ५५ वडा अध्यक्षसहित ३३५ वडा सदस्य जितेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो। यी हुन राप्रपाले जितेका वडा अध्यक्षहरू : १. नवलपरासीको सरावल गाउँपालिका– ३ को वडा अध्यक्षमा ...

  • भरतपुर महानगरको मतगणनामा टोली थपियो

    भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनामा अब एक साथ १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर एक साथ १३ टोलीले गणना गर्ने भएको हो । मतगणनाको गति सुस्त भएको गुनासो बढिरहेको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनामा टोली थप्ने निर्णय गरेको हो । हालसम्म २० हजारभन्दा बढी मत...

  • पार्टी विभाजन गर्नेलाई जनताले जवाफ दिएका छन् : ज्ञवाली

    काठमाडौँ । एमाले नेता प्रदिप ज्ञवालीले पार्टी विभाजन गर्नेहरुलाई जनताले जवाफ दिएको जिकिर गर्नुभएको छ । पार्टीले कारबाही गरेका नेताहरुलाई संसदले र न्यायालयले न्याय नदिएपनि त्यस्ता तत्वहरूलाई जनताले जवाफ दिएको उहाँले बताउनुभयो । ‘सम्माननीय सभामुखले समान व्यवहार गर्नुभएन । यो बीचमा पार्टीले गरेको कारबाहीको विषयमा सर्वो...

  • संसद् अवरोधबाट पछि हट्यो एमाले

    काठमाडौँ । नेकपा एमालेले झन्डै ९ महिनादेखि जारी राखेको संसद् अवरोध अन्त्य गरेको छ । एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसद्‍मा गराएका हुन् । बजेट अधिवेशन सुरु भएको दिनबाट एमालेले अवरोध अन्त्य गरेको हो । एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको थियो । एमालेले माधवकुमार नेपालसहि...

  • कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

    काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित भएको छ । बजेट अधिवेशनको पहिलो दिन सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको थिए । तर, उक्त बैठकमा एमाले सहभागी नभएको हो । संघीय संसद सचिवालयका अनुसार कार्यव्यवस्था ...

  • उपमन्त्री उज्रा जिया नेपाल आउँदै

    काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले नेपालको तीनदिने भ्रमण गर्ने आधिकारिक मिति सार्वजनिक गरेको छ । उपमन्त्री जियाले जेठ ६ देखि ८ सम्म तीन दिने औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । नेपाल–अमेरिका कूटनीतिक स...