• नेपालमा थप १,२०१ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देश...

  • रोल्पामा पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु

    रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका १ पाँङ ऐपेमा गयराति गोठ माथिबाट झरेको पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु भएको छ ।मध्यराति गोठ माथिबाट खसेको पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका ११ वर्षीय युवराज घर्ती र आठ वर्षीय अमर घर्तीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी...

  • पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार १ का ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा उपचाररत पुरुषको शनिबार बिहान ६स्३२ बजे मृत्यु ...

  • नदी कटानले घ्यासीखर्क बस्ती उच्च जोखिममा (तस्बिर सहित)

    बेनी । म्याग्दीको दुर्गम रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क बस्ती उच्च जोखिममा रहेको छ । बस्ती तल रघुगंगा नदी कटानका कारण बस्तीका १७ घर सहित झिँखानी महिला सहकारीको भवन उच्च जोखिममा रहेको छ । अविरल बर्षा पछि असार २५ मा नदीमा आएको बाढीको कटानले गर्दा क्लब भवन ,खेल मैदान बगाएको स्थानिय युवा अंकित पुन मगरले बताउनुभयो । ...

  • कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थपिए १४ सय ५४ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ७ सय १ जनाको पिसिआर गर्दा १४ सय ५४ जना संक्रमित भेटिएका हुन्। यस्तै पछिल्लो पटक ९ सय ७२ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यस्तै ५ जनाको मृत्यु भएको छ। यससंगै नेपा...

  • गोरखा सहित गण्डकी प्रदेशका तीन जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

    कास्की। गोरखा सहित गण्डकी प्रदेश प्रदेशका तीन जिल्लामा थप १० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २८०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा गोरखा नगरपालिकाका –६ की...

  • ५ शशस्त्र प्रहरी सहित तनहुँ र नवलपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । पाँच जना शशस्त्र प्रहरी सहित गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान तनहुँका ५ शशस्त्र प्रहरी सहित १० जना र नवलपुरका २१ जना गरी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार तनहुँको भानुमा कार्यरत ३२ ,३२ र ३२वर्षका ३ ज...

  • केरामा ‘घुन’ लाग्न थालेपछि कृषक चिन्तित (तस्बिर /भिडिओ सहित )

    म्याग्दी । केरा खेतीलाई मुख्य आम्दानीको श्रोत बनाएका म्याग्दीको बेनी नगरपालिका–२,खबराका सोवित शर्मा यतिखेर चिन्ति छन् । सात रोपनी क्षेत्रफलमा लगाएको केरा खेतीमा घुन लाग्न थालेपछि उनि चिन्तित छन् । जिल्लाको बेनी नगरपालिका–२,खबरा गाउँका कृषकले लगाएको केरा खेती । यहाँका किसान केरा खेतीलाई मुख्य पेशा बनाएका छन् । घु...

  • चितवनमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा बिहीबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका-११ का ६२ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थि...

  • चट्याङ लागेर ताराखोलामा एक युवाको मृत्यु

    बागलुङ। चट्याङले लागेर बागलुङको ताराखोलामा गए राति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेकाे...