• रवि लामिछानेको पद सभापति : निर्वाचन आयोगमा दर्ता भयो निवेदन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाउनुभएको छ । दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताउनुभएको छ । उहाँले दल दर्तापछि मात्रै अन्य सदस्यहरुको नाम खुलासा गर्ने बताउनुभएको छ । यसैबीच ...

  • विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसको माग

    काठमाडौँ । विदेशमा रहेका नेपालीहरूको मताधिकार सुरक्षित गर्न सत्तारूढ नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गर्नुभएको छ ।आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलन र उनीहरूको मताधिकार सुनिश्चित गर्न ध...

  • रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव– हामीबाट सिक्नु

    काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाउनुभएको छ । लामिछानेले मंगलबार आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले लामिछाने आशा गरेको थोरै मान्छेमा पर्ने भएकाले कमज...

  • एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : रावल

    काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिनुभएको छ । उहाँले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताउनुभयो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा...

  • विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भन्दा तराईका युवाहरुको बिहे हुनै छाड्यो : झा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गर्नुभएको छ । ‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम (प्रस्तावित व्यवस्था)को कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको...

  • योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजन...

  • इन्धनको मूल्यवृद्धिले सरकार नै अलोकप्रिय भयो : सांसद चौधरी

    काठमाडौं । पट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाउने निर्णय गलत भएको भन्दै नेपाली कांग्रेसकै सांसद पार्वता डिसी चौधरीले मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले एकै पटक ह्वात्तै मूल्य बढाउनुको कारण स्पष्ट पार्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद ब...

  • इन्धनको मूल्यवृद्धिबारे वाणिज्य मन्त्रीको जवाफ गैरजिम्मेवार : लामा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ गैरजिम्मेवारपूर्ण रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले मन्त्री बडूको जवाफ ‘नालायक’ र ‘गैरजिम्मेवार’ भएको बताउनुभएको हो । ‘मूल्यव...

  • वर्तमान सरकार आफ्नै कारणले ढल्छ : बस्नेत

    काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको छ । बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पार्नुभयो । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारको एक वर्ष...

  • पार्टीको चुनाव चिन्ह सार्वजनिक गर्दै रविले भने : भ्रष्टहरूको दिमागमा घण्टी बजाउँछौं

    काठमाडौँ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राख्नुभएको छ । आज राष्ट्रिय सभागृहमा पार्टीको घोषणापछि चुनाव चिन्ह सार्वजनिक गर्नुभएको हो । पार्टीको प्रस्तावित चुनाव चिन्ह सार्वजनिक गर्दै रविले भन्नुभयो, 'हामी भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौं।' उहाँले आफू राजनीतिमा राजनीतिको हिल...