• न्युयोर्कमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण, अवस्था गम्भिर

    न्युयोर्क ,सोमबार  चैत ०९ गते । न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । अहिले एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका अनुशार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदि...

  • न्युयोर्कमा रहेका एक नेपालीमा कोरोना संक्रमण, दुईदिनदेखि अस्पतालको भेन्टिलेटरमा

    न्युयोर्क ,सोमबार चैत १० गते । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका लागि पुगेका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । ५० बर्षका ती व्यक्ति एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए । प्रतिकात्मक तस्बिर प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसप...

  • बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण !

    काठमाडौं,आइतबार चैत ०९ गते । बहराइनमा तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् । कोरोना भाइरसबाट संक्रमित तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा झण्डै ३५ हजार ...

  • माउण्ट एभरेष्ट आवासीय माविको पुरानो भवनलाई अस्थाई अस्पताल बनाइने

    बेनी, शुक्रबार चैत ०७ गते । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । श...

  • कोरोनाले गर्दा लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

    काठमाण्डौ,विहिबार चैत ०६ गते । लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो । आयोगको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मक...

  • कोरोनाको केन्द्र बन्दै युरोप, इटालीमा एकै दिन ३६८ को मृत्यु

    रोम /एजेन्सी,मंगलबार चैत ०४ गते । इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ । क...

  • अमेरिकामा कोरोनाबाट एकैदिन १९ को मृत्यु

    न्युयोर्क /मंगलबार चैत ०४ गते । अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृत्यु भएको छ । अमेरिकामा अब मृतकको संख्या ८७ पुगेको छ ।आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ । अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सामान्य रहेको छ...

  • दाङमा बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु

    दाङ,सोमबार चैत ०३ गते । दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचार...

  • सतुंगलबाट ६ लाख मास्क बरामद

    काठमाडौं,सोमबार चैत ०३ गते ।काठमाडौंको सतुंगलबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ । सतुंगलमा रहेको विष्णुदेवी गोदामबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको हो । यसअघि हिजो कपनलगायतका विभिन्न ठाउँबाट प्रहरीले ३ लाख थान बरामद गरेको थियो । बजारमा अभाव देखाएर बढी मूल्यमा मास्क बिक्री गर्नका ल...

  • डोल्पामा घर भत्किँदा दिदी बहिनीको मृत्यु

    डोल्पा ,शनिबार चैत्र ०१ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार रातिदेखि परेको पानी र हिमपातले घर घर भत्केर १२ वर्षीया मञ्जु बुढा र दुई वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ...